फरक म्युजिक भिडियोले दर्शक तान्दै ‘बारूलाको गोलो’ (भिडियो सहित)

फरक म्युजिक भिडियोले दर्शक तान्दै ‘बारूलाको गोलो’ (भिडियो सहित)

  • कुराकानी

  • मङ्लबार, साउन १५, २०८१

  • 1.3K
    SHARES
फरक म्युजिक भिडियोले दर्शक तान्दै ‘बारूलाको गोलो’ (भिडियो सहित)

कुराकानी । चलनचल्तिमा आएका भन्दा फरक म्युजिक भिडियो सहित ‘बारूलाको गोलो’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक सुदिप पन्त र गायिका शान्ती श्री परियारको सुमधुर आवाज रहेको यस गीतको म्युजिक भिडियोमा अन्य भिडियोको भन्दा नौलो प्रयोग देख्न सकिन्छ । उषा उप्रेती र रमेश कडरियाको अभिनय रहेको यस गीतको सम्पुर्ण छायांकन जंगलमा गरिएको छ ।

जंगलको सुन्दर दृष्यसँगै कैद गरिएका भिडियोमा नौलो कोरियोग्राफी देख्न सकिन्छ । नगरकोट र साँखुको जंगलमा छायाङ्कन भएको गीतले नेपालको पर्यटन पर्बधन समेत गरेको छ ।

कलाकारले लगाएका पहिरन र मेकअपले पनि दर्शकलाइ अकर्षित गर्न सफल छ गीत । जंगली जीवन बिताइरहेका प्रेमी र प्रेमिकाको प्रेमसम्बन्ध देखाउन प्रयोग गरिएक क्राफ्टले भिडियोलाई झनै जीवन्त बनाएको छ ।

सुदिप पन्त र रमेश कडरियाको शब्द रहेको गीतको संगीत गायक पन्तले नै गरेका छन् । संगीत संयोजनके काम भने म्युजिक भिडियेमा अभिनय समेत गरेका कडरियाले नै गरेका छन्।

भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका छन्। त्यस्तै, सरोज अधिकारी र रोशन बिकको कोरियोग्राफी, तथा क्यामरामा पवन शुस्लिङले काम गरेका छन्।

भिडियो हेर्नुस्ः

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology