लाज पचेपछि...

प्रचण्डको कुरा सुन्दा लाज पनि लजाउँछ

प्रचण्डको कुरा सुन्दा लाज पनि लजाउँछ

लाज पनि लजायो भने के हुन्छ थाहा छ ? थाहा छैन भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का कुरा सुन्नु।

  • कुराकानी

  • शुक्रबार, अशोज १०, २०८२

  • 37
    SHARES
प्रचण्डको कुरा सुन्दा लाज पनि लजाउँछ
रासस

कुराकानी । लाज पनि लजायो भने के हुन्छ थाहा छ ? थाहा छैन भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष अर्थात भर्खरै संयोजक बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कुरा सुन्नु।

उनले काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै पार्टीका सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्। उनका अनुसार सम्पत्ति छानबिन आयोग गठन गरी सबै नेताको सम्पत्ति सार्वजनिक गरिनेछ।

यो कुरा लाजमर्दो किन छ भने, २०८१ सालमा उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए, जसमा चितवनमा १५ कठ्ठा जमिन र घरघडेरी, एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ मौज्दात रहेको उल्लेख थियो। त्यस्तै, भरतपुर

महानगरपालिका–१४ मा १४ कट्ठा र वडा नं. १२ मा १ कट्ठा जमिन उनकी स्वर्गीय श्रीमती सीता दाहालको नाममा रहेको खुलेको थियो।

अझ प्रचण्डसँग मात्र पाँच तोला सुन रहेको र त्यो पनि पैतृक सम्पति भएको उल्लेख गरिएको थियो। तर जेनजी आन्दोलनका क्रममा उनको बसोबासस्थलबाट भेटिएका धनराशिहरू प्रमाणसहित मिडियामा आएका छन्, हिसाब गर्ने हो भने रकम ठूलो निस्कने देखिन्छ।

सम्पति छानविन या सार्वजनिक गर्दा यी कोठे पैसाका हिसाव त कतै आएको देखिएन । कि सार्वजनिक गर्दा कोठे पैसा भन्ने अप्सन थिएन ?

अहिले ति दनदनी बलेका पैसालाई केहिले एआइ भनिरहेका छन् त केहिले षड्यन्त्र पुर्वक फसाउन राखिएको बताइरहेका छन् । जुन कुरा आफैमा लाजमर्दो हो ।

जे होस् अझै पनि यदि लाज, शरम र घिन बाँकी छ भने सम्पति सार्वजनिक गर्दा यो पटक कोठे पैसाको अप्सन राख्न नछुटोस् है ।


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology