ठगी मुद्दामा फरार पूर्वमाओवादी सांसदका छोरा पक्राउ

ठगी मुद्दामा फरार पूर्वमाओवादी सांसदका छोरा पक्राउ

ठगीसम्बन्धी मुद्दामा फरार प्रतिवादी रहेका यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ।

  • कुराकानी

  • शुक्रबार, मंसिर १२, २०८३

  • 0
    SHARES
ठगी मुद्दामा फरार पूर्वमाओवादी सांसदका छोरा पक्राउ

कुराकानी। ठगीसम्बन्धी मुद्दामा फरार रहेका पूर्वमाओवादी सांसद दिलिप साहका छोरा सन्तुलनकुमार यादव पक्राउ परेका छन्।

सिरहाको मिर्चैया नगरपालिका–६ निवासी २७ वर्षीय यादवलाई मंसिर ६ गते राति ९ः५० बजे उदयपुरको कटारी चोकस्थित मन्चुरिया होटल अगाडिबाट प्रहरीले पक्राउ गरेको हो।

प्रहरी निरीक्षक जीवकान्त चौधरीको कमान्डमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवका बुवा दिलिप साह २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) बाट सभासद् बनेका थिए। उनी हाल नेपाली कम्युनिस्ट पार्टीसँग आबद्ध रहेको बताइएको छ।

ठगीसम्बन्धी मुद्दामा फरार प्रतिवादी रहेका यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिएका छन्।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology