स्पोइलर अलर्ट 😂

जेरी टप अन, ट्रेलर हेर्दा जे देखियो

जेरी टप अन, ट्रेलर हेर्दा जे देखियो

ट्रेलर हेर्दा थाहा हुन्छ जेरी अन टपमा छ - त्रिकोणात्मक प्रेम, सगरमाथा चढ्दाको थ्रिलसँगै पारिवारिक उतारचढावको कथा

  • कुमार विनोद पौड्याल

  • सोमवार, अशोज २७, २०८२

  • 26
    SHARES
जेरी टप अन, ट्रेलर हेर्दा जे देखियो

कुराकानी । फिल्म जेरी अन टपको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको छ । केहि प्रशंसकले ट्रेलरलाई वलिउड, हलिउडको ‘ए’ ग्रेड सिनेमाको ट्रेलरजस्तो भनिरहेका छन् त केहिले अहिलेसम्मकै उत्कृष्टको कडीमा उभ्याइरहेका छन् ।

नदेखाएका कुरा टन्नै होलान् किनभने २ मिनेटको ट्रेलरमा २ घण्टाको स्कृनप्ले अटाउने कुरा आएन । तर ट्रेलरले मोटामोटी सबै कथावस्तु भने देखाइदिएको छ जस्तो देखिन्छ । ट्रेलर हेरेर तयार पारिएको कथाबस्तु मेल नखाएमा फिल्म निर्माण पक्ष सफल हुनेछ । मिल्यो मिलेन थाहा पाउन पनि फिल्म हलमा लाग्दैछ हेरेपछि नै थाहा हुन्छ ।

ट्रेलरमा कथा के छ?
ट्रेलर हेर्दा थाहा हुन्छ यसमा त्रिकोणात्मक प्रेमकथा छ । सगरमाथा चढ्दाको थ्रिलसँगै पारिवारिक उतारचढावको कथा देखाइएको छ ।

जेरी र उसका बाउ बिजयको सम्बन्ध राम्रो छैन । सानैदेखि यि दुईको टक्कर पर्दै आएको हो । जसरी हुन्छ जेरी बाउलाई प्रतिस्पर्धामा हराउन चाहन्छ । फलस्वरुप उ बाउलाई हराउन सगरमाथा चढ्ने तयारी थाल्छ ।

तयारीको क्रममा जेरीको भेट हुन्छ पेमासँग । पेमा हिमाल चढ्ने तालिमको ट्रेनर हुन्छिन् र गाइड पनि । उनलाई केटा यस्तो चाहिएको छ, जसको ब्रेकफास्ट लुक्लामा, लन्च बेसक्याम्पमा र डिनर सगरमाथामा होस् ।

यहि क्रममा जेरीको पेमासँग आकर्षण बढ्छ । पेमालाई पनि जेरी मनपर्छ । पेमाले जेरीलाई कसैको आकाशमा चम्किरहेको तारा हो भन्ने थाहा हुँदाहुँदै पनि प्रेम प्रस्ताव राख्छिन् । अब प्रेम प्रस्ताव नै राखेपछि जेरी हो घुल्लिहाल्छ ।

यी सब चर्तिकला जेरीकी प्रेमिका श्रियाले थाहा पाउँछिन् । अनि आफूलाई जेरीले अप्सन बनाएकोमा दुखी हुन्छिन् ।

जेरीको सगरमाथा चढ्ने जिद्दीपनाको विरुद्धमा उनको घरपरिवार जान्छ । जेरीलाई रोक्न उसको बाउ हतारहतार जाने क्रममा एक्सिडेन्ट पर्छ र ह्वीलचियरमा पुग्छ । जसको कारणले जेरीको आमा पनि रिसाउँछिन् र तैंले छोरा बन्ने अधिकार गुमाइस् भन्दै ग्वाँ ग्वाँ रुन्छिन् ।

ह्वीलचियरमा बसेको बाउ पनि जेरीको नाम समेत सुन्न चाहँदैन ।

यता हिमालमा ग्लेसियरहरु पग्लिएर हिमपहिरो जान्छ । बडो स्टगल गर्नुपर्छ । पेमा जेरीलाई सहयोग गर्न गएको लास्टमा जेरीले चाहिँ पेमालाई सहयोग गर्नुपर्ने हुन्छ ।

यो सबैमा सहयोग गर्ने जेरीको मामा पनि छ है, झण्डै भुलेको मामालाई त । अत्यमा, फिल्ममा जेरी मर्ला या पेमा या दुबै ? ट्रेलर हेरेर के लाग्यो प्रतिक्रिया दिनुहोला ।

जेरी टप अनको ट्रेलर


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology