किन चर्चित छ, बालेनको आम नेपाली बुबा

किन चर्चित छ, बालेनको आम नेपाली बुबा

  • कुराकानी

  • बिहिबार, पुस ३, २०८२

  • 2
    SHARES
किन चर्चित छ, बालेनको आम नेपाली बुबा

कुराकानी । फिल्म झरि पछिको इन्द्रेणीमा समेटिएको ( आम नेपाली बुबा) नामको गीत यतिवेला चर्चित छ । २४ घण्टामै युट्युवमा १० लाख बढीले यो गीत हेरेका थिए । अहिले पनि यसको संख्या बढिरहेको छ ।
तर किन ?

सजिलो उत्तर हुनसक्छ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले लेखे र गाए त्यसैले ।

यो कुरालाई नकार्न सकिँदैन ।

किनभने मेयर बालेन्द्र साह, नेपालका युवाहरुको प्रतिनिधि हुन् । उनले हाछ्युँ गर्दा पनि युवाहरुले सपोर्ट गर्छन् र सबैले हाछ्युँ गरौं भनेर क्याम्पियन नै सुरु गर्छन् ।

तर बालेन नामको फेस मात्रै पुरा कारण भने हैन । यसका शब्द र प्रस्तुतिकरण, गीत हाइपमा जानुको बलियो आधार हो ।

यो गीतमा राजनितिक व्यंग्य छ । तर सिधा हैन घुमाउरो पारामा ।

गीतमा
सामान्य नागरिकको दुःखप्रति राज्यको बेवास्ता,
श्रमिक वर्गमाथि राज्य संरचनाले गरेको अन्याय,
राज्यले तयार गरेको सिस्टम र त्यसले दिएको दु:ख देखाइएको छ ।

समग्रमा, नागरिक र राज्य बीचको असन्तुलनलाई यो गीतले एक बुबाको नजरबाट पेश गरेको छ ।

यहाँ कुनै अमुक राजिनितीक पार्टीको जस्तो नारा छैन, झण्डा छैन । त्यसैले यो गीत party politics होइन, people’s politics हो, जसमा आम बुबाको जीवन नै राजनीतिक दस्तावेज जसरी प्रस्तुत गरिएको छ ।
अहिलेसम्म सुन्नुभएको छैन ? सुन्नुस् गीत –


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology