अमेरिकाको दमदार सुरुवात, पाराग्वेमाथि ४–१ को जित

अमेरिकाको दमदार सुरुवात, पाराग्वेमाथि ४–१ को जित

खेलको सातौँ मिनेटमै अमेरिकाले अग्रता लिएको थियो।

  • कुराकानी

  • शनिबार, जेष्ठ ३०, २०८३

  • 1
    SHARES
अमेरिकाको दमदार सुरुवात, पाराग्वेमाथि ४–१ को जित

कुराकानी। आयोजक संयुक्त राज्य अमेरिका ले फिफा विश्वकप २०२६ मा शानदार सुरुवात गरेको छ। शनिबार बिहान लस एन्जलसस्थित स्टेडियममा भएको उद्घाटन खेलमा अमेरिकाले पाराग्वे लाई ४–१ ले पराजित गर्‍यो।

अमेरिकाको जितमा फोलारिन बालोगुनले दुई गोल गरे भने जियोभानी रेयनाले एक गोल थपे। अमेरिकाले एक गोल आत्मघाती उपहारका रूपमा पाएको हो। पाराग्वेका लागि मौरिसियोले सान्त्वना गोल गरे।

खेलको सातौँ मिनेटमै अमेरिकाले अग्रता लिएको थियो। स्टन म्याकेनीको प्रहार रोक्ने प्रयासमा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाबाट आत्मघाती गोल हुन पुगेको थियो। त्यसपछि ३१औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए।

पहिलो हाफको इन्जुरी समयमा बालोगुनले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई ३–० मा पुर्‍याए। दोस्रो हाफमा पाराग्वेले खेलमा फर्किने प्रयास गर्‍यो। ७१औँ मिनेटमा मौरिसियोले गोल गर्दै अन्तर घटाए।

तर दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा जियोभानी रेयनाले गोल गर्दै अमेरिकालाई ४–१ को सहज जित दिलाए।

यस जितसँगै अमेरिकाले समूह ‘डी’ मा ३ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ। उक्त समूहमा अमेरिका, पाराग्वेसँगै अस्ट्रेलिया र टर्की रहेका छन्।

यसअघि आजै भएको अर्को खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल १–१ को बराबरीमा सकिएको थियो।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology