विराटनगरमाथि काठमाडौंको सहज जित, ९ विकेटले विजयी

विराटनगरमाथि काठमाडौंको सहज जित, ९ विकेटले विजयी

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाडौंले मात्र १ विकेट गुमाएर ९.४ ओभरमै पूरा गरेको हो।

  • कुराकानी

  • बिहिबार, कार्तिक २०, २०८३

  • 0
    SHARES
विराटनगरमाथि काठमाडौंको सहज जित, ९ विकेटले विजयी

कुराकानी। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्समाथि काठमाडौं गोर्खाजले सहज जित निकालेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाडौंले मात्र १ विकेट गुमाएर ९.४ ओभरमै पूरा गरेको हो।

पहिले ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रनमै अलआउट भएको थियो। कमजोर ब्याटिङ प्रदर्शन गरेको विराटनगरलाई काठमाडौंका बलरहरूले सुरुदेखि नै दबाबमा राखेका थिए।

जवाफमा काठमाडौंले आक्रामक सुरुवात गर्दै लक्ष्य सहजै पूरा गर्‍यो। काठमाडौंले ९ विकेटको फराकिलो जित निकाल्दै प्रतियोगितामा महत्वपूर्ण दुई अंक थपेको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology