मैतीघर किन डुब्यो? कारण खोज्न महानगर सक्रिय, समाधान सुझाउन सुनिता डंगोलको निर्देशन
मैतीघर किन डुब्यो? कारण खोज्न महानगर सक्रिय, समाधान सुझाउन सुनिता डंगोलको निर्देशन
उपप्रमुख सुनिता डंगोलले सम्बन्धित प्राविधिक टोलीसँग स्थलगत निरीक्षण गर्दै डुबानको वास्तविक कारण पहिचान गर्न र दीर्घकालीन समाधानसहितको प्रतिवेदन तयार गर्न निर्देशन दिएकी छन्।
कुराकानी
बुधबार, साउन ६, २०८३
1
SHARES
काठमाडौंको मैतीघर क्षेत्रमा वर्षापछि पटक–पटक हुने डुबानको कारण पत्ता लगाउन काठमाडौं महानगरपालिका सक्रिय भएको छ।
उपप्रमुख सुनिता डंगोलले सम्बन्धित प्राविधिक टोलीसँग स्थलगत निरीक्षण गर्दै डुबानको वास्तविक कारण पहिचान गर्न र दीर्घकालीन समाधानसहितको प्रतिवेदन तयार गर्न निर्देशन दिएकी छन्।
महानगरका अनुसार मैतीघर क्षेत्रमा हरेक वर्ष वर्षायाममा पानी जम्ने समस्या दोहोरिने गरेको छ। यसले सवारी आवागमन प्रभावित हुनुका साथै स्थानीय बासिन्दा र पैदलयात्रीलाई समेत सास्ती हुने गरेको छ।
स्थलगत अध्ययनका क्रममा ढल प्रणाली, पानी निकासको अवस्था, सडकको संरचना तथा अन्य सम्भावित कारणहरूको प्राविधिक मूल्यांकन गरिने महानगरले जनाएको छ। अध्ययनपछि प्राप्त निष्कर्षका आधारमा दीर्घकालीन समाधानका उपाय अघि बढाइने तयारी छ।
उपप्रमुख डंगोलले समस्या दोहोरिन नदिन तत्काल सुधार गर्न सकिने उपाय र दीर्घकालीन योजना दुवै तयार पार्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताइएको छ। महानगरले अध्ययन प्रतिवेदनपछि आवश्यक पूर्वाधार सुधारको काम अघि बढाउने जनाएको छ।