कुराकानी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सर्वदलीय बैठक सकिएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने उद्देश्यले शीतल निवास पुगेका छन्।
सुनसरी घटनापछि उत्पन्न राजनीतिक अवस्था, शान्ति–सुरक्षा र राष्ट्रिय सहमतिबारे छलफल गर्न रास्वपाले बुधबार सर्वदलीय बैठक आयोजना गरेको थियो। बैठकपछि विकसित राजनीतिक अवस्थाबारे राष्ट्रपतिलाई जानकारी गराउने उद्देश्यले लामिछाने शीतल निवास पुगेका हुन्।
रास्वपाले पछिल्लो राजनीतिक संकट समाधानका लागि सबै दलबीच संवाद आवश्यक रहेको भन्दै सर्वदलीय बैठकको पहल गरेको थियो। बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भए पनि केही प्रमुख दलका शीर्ष नेताहरू भने अनुपस्थित रहेका थिए।