कुराकानी। कलाकार सारुक ताम्राकारको निधन भएको ठ्याक्कै तीन वर्ष पूरा भएको छ। मितिअनुसार उनको मृत्यु असार २१ गते भएको थियो। तर तिथिको हिसाबले त्यो दिन साउन कृष्ण द्वितीया परेको थियो।
संयोग यति मात्रै होइन।
सारुकको मृत्यु प्रकरणसँग विभिन्न चर्चामा जोडिएका नाममध्ये एक मानिएका पर्वतारोही निर्मल पुर्जाको पनि निधन यही वर्ष साउन १५ गते भयो। रोचक कुरा के भने, तिथिअनुसार त्यो दिन पनि साउन कृष्ण द्वितीया नै परेको थियो।
यही समान तिथिका कारण अहिले सामाजिक सञ्जालमा धेरैले यो संयोगलाई लिएर विभिन्न चर्चा गरिरहेका छन्।
सारुकको निधनपछि भने सामाजिक सञ्जालदेखि फिल्मी वृत्तसम्म अनेकौं हल्ला फैलिएका थिए। उनीसँगै काम गरिरहेका केही व्यक्तिहरूले प्रहरीसमक्ष दिएको भनिएको बयानलाई आधार बनाएर कलाकार नम्रता श्रेष्ठको नामसमेत विभिन्न अफवाहमा तानियो। काला जादु, तन्त्रमन्त्र, दोलालघाटमा कालो बोका काटिएको, बुटी बाँधिएको जस्ता प्रमाणित नभएका दाबीहरू व्यापक रूपमा फैलाइए।
यी दाबीहरू कहिल्यै पुष्टि भएनन्। न त त्यससम्बन्धी कुनै आधिकारिक निष्कर्ष सार्वजनिक भयो। तर त्यतिबेला यस्ता हल्लाले निकै ठूलो चर्चा भने पाएका थिए।
बुढानीलकण्ठमा फिल्मको पात्र निर्माणका लागि बसेको टोलीको घर निर्मल पुर्जाको भएकाले उनको नाम पनि विभिन्न चर्चामा जोडिएको थियो। यद्यपि, उनीमाथि कुनै प्रमाणित आरोप स्थापित भएको थिएन।
यसै घटनाक्रमसँग जोडिएर चर्चा गरिएका अर्का व्यक्ति रोयदिप श्रेष्ठ अहिले कहाँ छन्, के गर्दैछन् भन्नेबारे पनि सार्वजनिक रूपमा खासै जानकारी छैन।
समान तिथि, दुई चर्चित मृत्यु र पुराना विवाद फेरि सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन्। तर अहिलेसम्म उपलब्ध तथ्यले यसलाई संयोगभन्दा बढी केही हो भन्ने प्रमाण प्रस्तुत गरेका छैनन्। यसबारे तपाईलाई के लाग्छ ? हामीलाई प्रतिक्रिया दिनुहोला !
(यो समाचार हैन गसिप हो)