अदालतको आदेशसँगै प्रसाईंको कानुनी यात्रा कुन मोडमा जान्छ? रिहा भए पनि अनुसन्धान र आगामी कानुनी प्रक्रिया भने सकिएको छैन।
कुराकानी
सोमवार, साउन १८, २०८३
1
SHARES
कुराकानी। “अब के हुन्छ त दुर्गा प्रसाईंको?” भन्ने चासोबीच अदालतको आदेशले तत्कालका लागि प्रसाईंलाई राहत दिएको छ। प्रहरीले अनुसन्धानका लागि थप समय माग गरे पनि अदालतले म्याद थप गर्न अस्वीकार गरेपछि प्रसाईं हिरासतबाट बाहिरिएका छन्।
प्रसाईंलाई नियन्त्रणमा लिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। तर अदालतले थप हिरासतमा राख्न आवश्यक नदेखेपछि उनलाई रिहा गर्ने आदेश दिएको हो।
कुरा गर्ने हो भने, अहिले मुख्य बहस यही छ।अदालतको आदेशसँगै प्रसाईंको कानुनी यात्रा कुन मोडमा जान्छ? रिहा भए पनि अनुसन्धान र आगामी कानुनी प्रक्रिया भने सकिएको छैन।
प्रसाईं पक्षले अदालतको आदेशलाई आफ्नो पक्षमा आएको राहतका रूपमा लिएको छ भने, अब अनुसन्धान पक्षले अगाडिको प्रक्रिया कसरी अघि बढाउँछ भन्ने चासो बढेको छ।
अर्थात्, पक्राउपछि एक दिनमै छुटेका दुर्गा प्रसाईं अब फेरि सार्वजनिक बहसको केन्द्रमा आएका छन्।