क्यानडासँग नेपाल पराजित

क्यानडासँग नेपाल पराजित

नेपालका लागि ललित राजवंशीले चार विकेट लिए। सन्दीप लामिछानेले तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए।

  • कुराकानी

  • शनिबार, कार्तिक १, २०८३

  • 1
    SHARES
क्यानडासँग नेपाल पराजित
KLANG, MALAYSIA - SEPTEMBER 12: Pictures from the final match between Nepal and UAE held at the Bayuemas Oval on September 12, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

कुराकानी। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमा समेटियो।

टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले युबराज सम्राको शतकको मद्दतमा निर्धारित ५० ओभरमा २५६ रन बनाएको थियो। सम्राले ११७ बलमा १०५ रन जोडे। उनले आफ्नो इनिङ्समा ११ चौका र चार छक्का प्रहार गरे।

नेपालका लागि ललित राजवंशीले चार विकेट लिए। सन्दीप लामिछानेले तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए।

२५७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका युवा ओपनर अर्जुन कुमालले उत्कृष्ट प्रदर्शन गरे। उनले ११२ बलमा चार चौकासहित ८७ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाउनबाट उनी १३ रनले चुके। दीपेन्द्रसिंह ऐरीले २७, इशान पाण्डे र गुल्शन झाले समान २१ तथा आसिफ शेखले २० रन बनाए। करण केसी १७ रनमा अविजित रहे।

यस हारसँगै नेपाल लिग–२ को अंकतालिकामा सातौं स्थानमा झरेको छ। सबै ३६ खेल पूरा गरेको क्यानडा २९ अंकसहित छैटौं स्थानमा उक्लिएको छ।

सिरिजका सुरुवाती दुई खेल जितेको नेपालले शीर्ष ६ मा स्थान सुरक्षित गर्न अब अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ। लिग–२ को शीर्ष ६ मा रहन सके नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना कायम रहनेछ।

नेपाल यसअघि नै शीर्ष चारको दौडबाट बाहिरिसकेको छ। त्यसैले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा सिधै प्रवेश गर्ने नेपालको सम्भावना समाप्त भएको छ। अब विश्वकप छनोटमा पुग्न नेपालले प्लेअफ क्वालिफायरको बाटो लिनुपर्नेछ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology