प्रदर्शनीमा सहभागी भएपछि बलिउड अभिनेता इमरान खानलाई भारत छाड्न निर्देशन

प्रदर्शनीमा सहभागी भएपछि बलिउड अभिनेता इमरान खानलाई भारत छाड्न निर्देशन

गत अक्टोबर १० मा मुम्बईस्थित अगस्ट क्रान्ति मैदानमा भएको उक्त प्रदर्शनमा खानसहित सयौँ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

  • कुराकानी

  • बिहिबार, अशोज २९, २०८३

  • 5
    SHARES
प्रदर्शनीमा सहभागी भएपछि बलिउड अभिनेता इमरान खानलाई भारत छाड्न निर्देशन

कुराकानी। भारतमा निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनमा सहभागी भएपछि बलिउड अभिनेता इमरान खानलाई देश छाड्न निर्देशन दिइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार अमेरिकी नागरिकसमेत रहेका अभिनेता खानलाई आगामी अक्टोबर २८ भित्र भारत छाड्न भनिएको हो। आप्रवासनसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपमा यो कदम चालिएको हो।

गत अक्टोबर १० मा मुम्बईस्थित अगस्ट क्रान्ति मैदानमा भएको उक्त प्रदर्शनमा खानसहित सयौँ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (एसआईआर) प्रक्रियामा कथित अनियमितता भएको भन्दै प्रदर्शनकारीहरूले निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गरेका थिए। प्रहरीको अनुमति नलिई प्रदर्शनमा सहभागी भएको भन्दै उनीहरूमाथि कारबाही गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

खान अमेरिकी नागरिक हुन् र उनी भारतमा ‘ओभरसिज सिटिजन अफ इन्डिया’ कार्डधारकका रूपमा बस्दै आएका छन्। भारतीय जनता पार्टी (भाजपा) का नेता किरीट सोमैयाले विदेशी नागरिक भएर राजनीतिक प्रदर्शनमा सहभागी भएको भन्दै खानविरुद्ध उजुरी दिएका थिए। त्यसपछि विदेशी नागरिकसम्बन्धी मामिला हेर्ने निकायले उनलाई भारत छाड्न निर्देशन दिएको हो।

यता, अभिनेता खानले भने आफू कुनै राजनीतिक संगठनको प्रतिनिधिका रूपमा नभई व्यक्तिगत रूपमा प्रदर्शनमा सहभागी भएको बताएका छन्। प्रदर्शनका क्रममा नागरिकको आवागमन रोकिएको र उनीहरूको आवाज दबाइएको विषय बुझ्न आफू त्यहाँ पुगेको उनको भनाइ थियो।

यसैबीच, खानका कानुन व्यवसायीहरूले भारत छाड्न दिइएको निर्देशनलाई चुनौती दिँदै बम्बई उच्च अदालत जाने तयारी गरेका छन्। यससँगै यो प्रकरण अब कानुनी प्रक्रियातर्फ अघि बढ्ने देखिएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology