कुराकानी। बडादसैँको सप्तमीका अवसरमा आज काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजित ‘फूलपाती बढाइँ समारोह २०८३’ भव्यताका साथ सम्पन्न भएको छ।

नेपाली सेनाद्वारा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति रहेको थियो। समारोहमा सेनाले परमाधिपति राष्ट्रपति पौडेललाई सलामी अर्पण गर्नुका साथै राइफल र तोपबाट बढाइँ, सैनिक परेड, हेलिकप्टरबाट पुष्पवृष्टि तथा दुर्गा बन्दना प्रस्तुत गरेको थियो।






