‘द रेड सुटकेस’ को फस्टलुक सार्वजनिक

‘द रेड सुटकेस’ को फस्टलुक सार्वजनिक

  • कुरौटेपाटी

  • शनिबार, भदौ २३, २०८०

  • 431
    SHARES

काठमाडौं । ‘द रेड सुटकेस’ को फष्टलुक सार्वजनिक भएको छ । फिल्मले दुई मिनेट लामो भिडियो क्लिप सार्वजनिक गर्दै फष्टलुक सार्वजनिक गरेको हो ।

क्लिपमा नेपालको अन्तराष्ट्रिय बिमानस्थल र त्यस वरपरको बाताबरणलाई केन्द्रमा राखिएको छ । सार्वजनिक दृष्यमा देश फर्कने र देश छाड्नेको नियतिलाई सुन्दर फ्रेममा कैद गरिएको छ । यो फिल्म फिडेल देवकोटाको डेब्यू निर्देशन हो ।

फिल्मले हलिउडको चर्चित पत्रिका भेराइटीमार्फत् फस्ट लुक सार्वजनिक गरेको हो । फिल्मका निर्देशक फिडेल देवकोटा र निर्माता रामकृष्ण पोखरेलको भनाइ उद्धृत गर्दै भेराइटीले फिल्ममा नेपाल र श्रीलंकाबीच दुर्लभ सहकार्य रहेको शीर्षकमा समाचार लेख्दै फिल्मको क्लिप सार्वजनिक गरेको छ ।

फिडेल देवकोटाकै लेखनसमेत रहेको फिल्मले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्रकमा सामान लिएर सुदूर गाउँमा जाने चालकको रहस्यमय कथा प्रस्तुत गर्छ ।

‘द रेड सुटकेस’ को शुक्रवार भेनिस फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भएको छ ।

वल्र्ड प्रिमियरको अघि यसको फस्टलुक सार्वजनिक भएको हो । वल्र्ड प्रिमियरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, विपिन कार्की र सृष्टि श्रेष्ठ सहभागी भएका छन् ।

फिल्मलाई आइसफल प्रडक्सनका लागि रामकृष्ण पोखरेल र शोभा थापाले निर्माण गरेका हुन् । फिल्मको सहनिर्माणमा श्रीलंकाका निर्माता विमुक्ति जयसुन्दरा रहेका छन् ।

 

 

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology