ट्रेलर समीक्षा

ट्रेलर समीक्षाः फन्नी खजुरे ब्रो

ट्रेलर समीक्षाः फन्नी खजुरे ब्रो

  • कुराकानी

  • बुधबार, बैशाख २६, २०८१

  • 1.1K
    SHARES
ट्रेलर समीक्षाः फन्नी खजुरे ब्रो
khajure bro

कुराकानी । यतिवेला नेपाली फिल्म उद्योगमा हाँस्य रसका फिल्ममा दर्शकको नजर बसेको छ । उनिहरु हँसाउने फिल्ममा मात्रै रमाउने गरेका छन् । अहिले चलिरहेको बोक्सीको घर फिल्म भने अपवाद हो । यो फिल्म पनि, ‘बुझिन मैले, बुझाइदेउ कसैले’ बोलको गीत भाइरल भएकाले मात्रै चलेको हो ।

हरेक क्षेत्रमा भएका निरासा र दुःखलाई भुल्न पनि हुनसक्छ सायद, नेपाली दर्शक सिनेमा हलमा बिताउने केहि समय मात्रै भएपनि हाँस्न चाहन्छन् । जताततै व्यप्त पिडालाई बिर्सिएर सिनेमाको संसारमा हराउन चाहन्छन्, रमाउन चाहन्छन् । नेपाली फिल्ममा अहिलेसम्म दर्शकको रुची या लक्षित वर्गका बारेमा अध्ययन अनुशन्धान गरेर फिल्म बनाउने चलन नभएकाले माथीको भनाई अनुमान मात्रै हो है 😁

अँ, त्यहि पिडा भुल्न हल पुग्ने दर्शक भएकैले त होला, दिपकराज गिरी र दिपाश्री निरौलाले निर्माण गरेको फिल्म छक्का पञ्जादेखि चलेको हाँस्य विधाका फिल्मलाई आर्थिक रुपमा अरु विधाले ब्रेक लगाउन सकेको छैनन् ।

हुन त एकथरी फिल्म विश्लेषक छन्, आर्थिक आम्दानी मात्रै सिनेमा सफलताको मापक हैन भन्ने । तर आर्थिक मामिलामा अब्बल नहुने बित्तिकै त्यो हलमा टिक्न सक्दैन । हल बाहेक नेपाली दर्शकले फिल्म हेर्ने अन्य भरपर्दो माध्यम पनि त छैन ।

कलाचेतले भरिएका, भारी संवाद भएका र चेतनाको भारी बोकेका फिल्महरु हलमा आएको र गएको पत्तो पाउन नसक्ने अवस्था छ । विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवमा वाहवाही बटुलेका फिल्महरुलाई समेत नेपालका दर्शकले माया दर्शाउन सकेका छैनन् । ‘रेड सुटकेस’ फिल्म हेर्दा हलबाट निस्केका एक दर्शकको कुरा झल्झली आँखाअघि नाचिरहेको छ । उनले भनेका थिए, ‘१७ बर्षपछि हलमा फिल्म हेर्न छिरेको, अव ३० बर्षसम्म छिर्दिन होला 😭।’

यस्तो अवस्थामा दर्शकको मन जित्ने गरी घोषणा भएको छ, फिल्म खजुरे ब्रो । अन्य फिल्ममा एकै प्रकारका हाँस्य रसले दिक्क बनेका दर्शकले यसबाट फरक र नौलो  हाँस्य रसको स्वाद पाउने अपेक्षा गरिएको छ ।

फिल्मको ट्रेलर हेर्दा बलिउडमा अहिलेसम्म कमेडी भन्ने वित्तिकै दिमागमा आउने फिल्म हेराफेरी, गरम मसाला, गोलमाल, वेलकम लगायतका स्वाद याद आउँछ तर यसमा भने नेपालीपनको तड्का लगाइएको महसुस हुन्छ ।

रंगमञ्चमा तहल्का मच्चाइसकेका रेयर राईले खजुरे ब्रोको भुमिका निर्वाह गरेका छन् । ट्रेलरमा देखाइएको उनको मेकअप, ड्रेसअप र ह्युमरले दर्शकको मन जितिसकेको छ । ट्रेलरमा उनलाई देखाएका हरेक सिनमा दर्शक मुर्छा परेर हाँस्छन्, अनि भन्छन्, आइ लभ खजुरे ब्रो 🥰 । ट्रेलरमा देखिएको सानो टुक्रा दृश्यले नै मन जित्न सफल उनको पुरै फिल्म भर उस्तै पेट मिचिमिचि हाँस्न बाध्य पारोस् भन्ने कामना छ ।

खजुरे ब्रोका साथीहरुको भुमिका पनि उस्तै रमाइलो तरिकाले प्रस्तुत गरिएको छ फिल्ममा । हल्कारा जस्तो गम्भिर विधामा बनेको फिल्मबाट मन जितिसकेका कलाकार महेश त्रिपाठीलाई पनि फरक तरिकाले ट्रेलरमा देखाइएको छ । यसले झनै फिल्म प्रति आसा बढाएको छ ।

ट्रेलर हेर्दा साथीभाईका साथ रमाइलोसँग दैनिकी बिताइरहेको खजुरे ब्रोको जीवन र बीचमा प्रवेश गरेको एक सुटकेशले निम्त्याएको द्वन्द्व देखाइएको छ जस्तो लाग्छ । ट्रेलरमा कुन समयको कथा भनिएको हो प्रष्ट नभएपनि अहिले भइरहेका सहकारी प्रकरणलाई पनि यसले उठाएको छ जस्तो देखिन्छ ।

फिल्ममा मिस नेपालमा फष्ट रनरअप हुन सफल निती शाहको डेब्यु अभिनय पनि हेर्न पाइनेछ । ट्रेलरमा खासै स्थान नपाएकी उनले पहिलो फिल्मबाटै दर्शकको मन जित्नेछिन् भन्ने अपेक्षा छ ।

धेरै फिल्ममा साइन हुँदै, फेरि नबन्दै गर्दा उनलाई अनलक्की कलाकारको रुपमा फिल्मबृत्तले कुरा गर्न थालेको थियो, खजुरे ब्रोमा उनको अभिनयले हिरोको समय लास्टमा आउँछ भन्ने भनाईलाई प्रमाणित गरोस् शुभकामना छ ।

खजुरे ब्रोको ट्रेलर अन्य फिल्मका ट्रेलर भन्दा फरक तर स्वादिलो छ । फिल्म कस्तो छ, त्यो हेरेपछि थाहा हुन्छ । फिल्म यहि बैशाख २८ गतेबाट प्रर्दशन हुँदैछ है त ।

दुई हजारमा १७ प्लेट मम हसुरेर, बाजी जितेर पुरस्कार पाएजस्तै, दर्शकको मन पनि फिल्मले जित्न सकोस्, पैसा पनि अकुत कमाउन सकाेस् र सम्पूर्ण नेपाली फिल्म दर्शकको मनमा बस्न सकोस्, फिल्म निर्माण समुहलाई शुभकामना । 😇

हेर्नुस् खजुरे ब्राे फिल्मकाे ट्रेलरः


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology