स्वीडेनको सानदार जित: ट्युनिसियामाथि ५–१ को गोल वर्षा

स्वीडेनको सानदार जित: ट्युनिसियामाथि ५–१ को गोल वर्षा

खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ को फराकिलो गोल अन्तरले स्तब्ध पारेको हो।

  • कुराकानी

  • सोमवार, असार १, २०८३

  • 3
    SHARES
स्वीडेनको सानदार जित: ट्युनिसियामाथि ५–१ को गोल वर्षा

कुराकानी। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को आफ्नो पहिलो खेलमा स्वीडेनले उत्कृष्ट प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ। सोमबार बिहान मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको एकपक्षीय खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ को फराकिलो गोल अन्तरले स्तब्ध पारेको हो।

स्वीडेनको जितमा यासिन अयारीले दुई गोल गरे भने अलेक्जेन्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले एक–एक गोलको योगदान दिए। ट्युनिसियाका लागि ओमार रेकिकले एक सान्त्वना गोल फर्काए।

पहिलो हाफ: अयारी र इसाकको चमक

खेलको सुरुवातमै स्वीडेनले आक्रामक रणनीति अपनाएको थियो। खेलको ७औं मिनेटमा नै यासिन अयारीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। स्वीडेनले दबाब कायम राख्दै ३०औं मिनेटमा अग्रता दोब्बर बनायो। अलेक्जेन्डर इसाकले उत्कृष्ट एकल प्रयास मार्फत ट्युनिसियाको रक्षापंक्तिलाई भत्काउँदै शानदार गोल गरे।

तर, पहिलो हाफ सकिनुअघि ट्युनिसियाले खेलमा फर्कने संकेत देखाएको थाल्यो। ४३औं मिनेटमा ओमार रेकिकले उत्कृष्ट हेडरमार्फत गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए।

दोस्रो हाफ: स्वीडेनको पूर्ण नियन्त्रण

पहिलो हाफमा केही सुस्त देखिएको स्वीडेनले दोस्रो हाफमा भने खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लियो। ५९औं मिनेटमा भिक्टर ग्योकेरेसले गोल गर्दै स्वीडेनलाई ३–१ को सुरक्षित स्थितिमा पुर्‍याए।

खेलको उत्तरार्धमा स्वीडेन अझै थप आक्रामक बन्यो। ८६औं मिनेटमा माथिएस स्भानवर्गले गोल गरे, जसलाई सुरुमा रेफ्रीले अफसाइड दिए पनि भिडियो असिस्टेन्ट रेफ्री को कडा जाँचपछि गोलको मान्यता दिइएको थियो।

त्यस्तै, दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेट (९०+६ मिनेट) मा यासिन अयारीले व्यक्तिगत दोस्रो गोल थपेपछि स्वीडेनले ५–१ को विशाल जित सुनिश्चित गर्‍यो।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology