‘जनतालाई चित्त नबुझेका निर्णय सच्याउन तयार छौं’ : प्रधानमन्त्री बालेन

‘जनतालाई चित्त नबुझेका निर्णय सच्याउन तयार छौं’ : प्रधानमन्त्री बालेन

प्रधानमन्त्री शाहले सरकार गल्ती गर्न नचाहेको तर कुनै निर्णयले नागरिकलाई असहज बनाएको देखिए त्यसलाई सच्याउनु नै जिम्मेवार सरकारको दायित्व हुने उल्लेख गरे।

  • कुराकानी

  • मङ्लबार, साउन ५, २०८३

  • 1
    SHARES
‘जनतालाई चित्त नबुझेका निर्णय सच्याउन तयार छौं’ : प्रधानमन्त्री बालेन

कुराकानी। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले गरेका कुनै पनि निर्णयप्रति नागरिक असन्तुष्ट भए त्यसलाई सच्याउन सरकार तयार रहेको बताएका छन्।

प्रधानमन्त्री शाहले सरकारको उद्देश्य जनतालाई दुःख दिने नभई सेवा प्रवाहलाई प्रभावकारी बनाउने भएकाले आवश्यक परे निर्णय पुनरावलोकन गर्न आफूहरू पछि नहट्ने स्पष्ट पारे।

उनले सरकारका हरेक निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएको दाबी गर्दै कार्यान्वयनका क्रममा समस्या देखिए वा जनताबाट उचित सुझाव आए त्यसलाई स्वीकार गर्दै सुधार गरिने बताए। लोकतान्त्रिक शासन व्यवस्थामा जनताको आवाज नै सरकारका लागि सबैभन्दा महत्वपूर्ण भएको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले सरकार गल्ती गर्न नचाहेको तर कुनै निर्णयले नागरिकलाई असहज बनाएको देखिए त्यसलाई सच्याउनु नै जिम्मेवार सरकारको दायित्व हुने उल्लेख गरे।

उनले विकास, सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताउँदै नागरिकको विश्वास कायम राख्न सरकार निरन्तर उत्तरदायी रहने प्रतिबद्धता पनि व्यक्त गरे।

सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology