प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही, समसामयिक राजनीतिक विषय, मन्त्रालयगत प्रस्ताव तथा आवश्यक नीतिगत निर्णयबारे छलफल हुने बताइएको छ। यद्यपि, बैठकको विस्तृत एजेन्डा सार्वजनिक गरिएको छैन।
सरकारले पछिल्ला दिनमा विभिन्न प्रशासनिक नियुक्ति, मन्त्रालयगत निर्णय तथा समसामयिक राजनीतिक घटनाक्रममा सक्रिय छलफल गरिरहेको सन्दर्भमा आजको मन्त्रिपरिषद् बैठकलाई पनि महत्त्वका साथ हेरिएको छ।
बैठकपछि मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ।