सुनसरी घटनाको प्रभाव : विराटनगरका सबै विद्यालय आज बन्द

सुनसरी घटनाको प्रभाव : विराटनगरका सबै विद्यालय आज बन्द

सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै विराटनगर महानगरपालिका क्षेत्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू आजका लागि बन्द गरिएको छ।

  • कुराकानी

  • मङ्लबार, साउन १२, २०८३

  • 1
    SHARES
सुनसरी घटनाको प्रभाव : विराटनगरका सबै विद्यालय आज बन्द

कुराकानी। कप्तानगञ्जमा भएको हिंसात्मक झडप र त्यसपछि उत्पन्न सुरक्षा संवेदनशील अवस्थाको प्रभाव विराटनगरसम्म पुगेको छ। सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै विराटनगर महानगरपालिका क्षेत्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू आजका लागि बन्द गरिएको छ।

विराटनगर महानगरपालिकाले सोमबार साँझ सूचना जारी गर्दै विद्यार्थी, शिक्षक तथा अभिभावकको सुरक्षालाई प्राथमिकतामा राखेर एक दिनका लागि पठनपाठन स्थगित गरिएको जनाएको छ। महानगरले परिस्थिति सामान्य भएपछि विद्यालय सञ्चालनबारे थप निर्णय गरिने पनि उल्लेख गरेको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको झडप हिंसात्मक बनेपछि एक जनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए। घटनापछि प्रशासनले प्रभावित क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ र सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology