सडक डिभिजनका इन्जिनियर र श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड २५ लाखको अवैध सम्पत्ति दाबी

सडक डिभिजनका इन्जिनियर र श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड २५ लाखको अवैध सम्पत्ति दाबी

अनुसन्धानका क्रममा श्रीमतीको नाममा समेत स्रोत नखुलेको सम्पत्ति फेला परेपछि दुवैलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो।

  • कुराकानी

  • बुधबार, साउन १३, २०८३

  • 1
    SHARES
सडक डिभिजनका इन्जिनियर र श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड २५ लाखको अवैध सम्पत्ति दाबी

कुराकानी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार)ले सडक डिभिजन कार्यालयका एक इन्जिनियर र उनकी श्रीमतीविरुद्ध २ करोड २५ लाख रुपैयाँभन्दा बढीको अवैध सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारको अनुसन्धानअनुसार इन्जिनियरले सार्वजनिक सेवामा रहँदा वैध आम्दानीभन्दा धेरै सम्पत्ति जोडेको देखिएको छ। अनुसन्धानका क्रममा श्रीमतीको नाममा समेत स्रोत नखुलेको सम्पत्ति फेला परेपछि दुवैलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो।

आयोगले अवैध रूपमा आर्जन गरिएको भनिएको सम्पत्ति जफत गर्न र भ्रष्टाचार निवारण ऐनअनुसार सजायको माग गर्दै विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको जनाएको छ।

अख्तियारले पछिल्लो समय सार्वजनिक पदमा रहेका कर्मचारीको अस्वाभाविक सम्पत्ति र स्रोत नखुलेको आम्दानीमाथि अनुसन्धानलाई तीव्र बनाइरहेको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology