पधेंरो

रनपहेँलीको अभिनयमा ‘साक्षी राखी माया मेरो’

रनपहेँलीको अभिनयमा ‘साक्षी राखी माया मेरो’

  • कुराकानी

  • शनिबार, अशोज १७, २०८३

  • 8
    SHARES
रनपहेँलीको अभिनयमा ‘साक्षी राखी माया मेरो’

कुराकानी । नेपाल सरकारका सहसचिव, हुलाकी राजमार्ग योजनाका प्रमुख तथा सार्वजनिक यातायात प्राधिकरणका सीईओ कुबेर नेपाली रनपहेँली अब गीतको म्युजिक भिडियोमा पनि देखिएका छन्।

डेब्युका रुपमा उनले ‘साक्षी राखी माया मेरो’ गीतमा अभिनय गरेका हुन् ।

एभरेष्ट ग्यालरी नामको युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा रनपहेँलीसँगै मोडल झरना रिसालको अभिनय देख्न सकिन्छ।

भिडियोमा कर्णाली र आसपासका सुन्दर दृश्यलाई पनि आकर्षक ढंगले कैद गरिएको छ। सनम कठायतको निर्देशनमा बनेको भिडियोले प्रेमिल जोडीको कथासँगै नेपालको पर्यटनलाई समेत जोडेको देखिन्छ।

गणेश साउदको सिनेमेट्रोग्राफीले भिडियोको दृश्य पक्षलाई थप आकर्षक बनाएको छ।

गीतमा सविन सुवेदी र सुजता केसीको स्वर छ। गजेन्द्र रञ्जितको रचना रहेको गीतमा राजेन्द्र बजगाईंको म्युजिक एरेन्जमेन्ट छ।

गीत हेर्नुस्:

 


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology