कुराकानी। भेक र सिसन बानियाँबीच भिडन्तको चर्चा चलिरहेका बेला र्यापर साकारले पनि बीचमा ‘इन्ट्री’ मारेका छन्।
सिसन र भेकबीच भिडन्त हुने चर्चा सामाजिक सञ्जालमा चलिरहेकै बेला साकारले भेकलाई नै खुला चुनौती दिएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिसनलाई छाड, त र म खेलुम आजै। हिम्मत छ भने आइज लाइभ। डरको पोको।’
अर्थात्, सिसनसँग होइन, आफूसंग भिड्न साकारको निम्तो छ भेकलाई।
भेक र सिसनबीचको यो भिडन्तको चर्चा कहाँबाट सुरु भयो भन्ने विषयमा सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। यसअघि सिसनले पनि भेकको चुनौती स्वीकार गर्दै शनिबार नै भिड्न तयार रहेको आशयको अभिव्यक्ति दिएका थिए।
अब सिसनसँग भेक भिड्छन् कि साकारको चुनौती स्वीकार गर्छन्? सामाजिक सञ्जालमा नयाँ प्रश्न थपिएको छ।
भेक र सिसन यसअघि ‘अँगालो’ गीतमा सहकार्य गरिसकेका छन्। त्यही सहकार्य गरेका दुईबीच अहिले भिडन्तको चर्चा चलिरहेका बेला साकारको चुनौतीले कथामा अर्को पात्र थपिएको छ।
अब हेर्न बाँकी छ; भेकको भिडन्त सिसनसँग हुन्छ कि साकारसँग?