गर्भवती महिलाको मृत्युपछि बरहथवा अस्पतालमा आगजनी र तोडफोड

गर्भवती महिलाको मृत्युपछि बरहथवा अस्पतालमा आगजनी र तोडफोड

चिकित्सकको लापरबाहीका कारण बिरामीको अवस्था बिग्रिएको आरोप लगाउँदै आफन्तले अस्पतालको इमर्जेन्सी कक्षमा तोडफोड तथा आगजनी गरेका थिए।

  • कुराकानी

  • सोमवार, मंसिर ८, २०८३

  • 1
    SHARES
गर्भवती महिलाको मृत्युपछि बरहथवा अस्पतालमा आगजनी र तोडफोड

कुराकानी। सर्लाहीको बरहथवा नगरपालिका–६ स्थित बरहथवा नगर अस्पतालमा गर्भवती महिलाको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड तथा आगजनी गरेका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोलकी २१ वर्षीया सिमा रामदेवीको उपचारका क्रममा मृत्यु भएपछि आइतबार राति अस्पतालमा तनाव सिर्जना भएको हो। नौ महिनाकी गर्भवती उनी तीन दिनदेखि बरहथवा नगर अस्पतालमा उपचाररत थिइन्।

चिकित्सकको लापरबाहीका कारण बिरामीको अवस्था बिग्रिएको आरोप लगाउँदै आफन्तले अस्पतालको इमर्जेन्सी कक्षमा तोडफोड तथा आगजनी गरेका थिए। थप उपचारका लागि उनलाई चन्द्रनिगाहपुरस्थित अस्पताल लगिएकोमा चिकित्सकले राति १० बजेर ५३ मिनेटमा मृत घोषणा गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बरहथवा नगरपालिका–५ का ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गजुरा नगरपालिका–९ का ४२ वर्षीय भुनेसी महरा र २० वर्षीय राजन रामलाई पक्राउ गरेको छ।

त्यस्तै, आगजनी तथा तोडफोडमा संलग्न रहेको आरोप लागेका अस्पतालमै करारमा कार्यरत धिरज महरा र सुरेश महरा फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भइरहेको छ।

आगजनी तथा तोडफोडबाट अस्पतालको इमर्जेन्सी कक्षमा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। घटनापछि अस्पतालमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology