फ्यान नभएका सेलिब्रेटी

के घटेकै हो त सेलिब्रेटी क्रेज ?

के घटेकै हो त सेलिब्रेटी क्रेज ?

  • कुराकानी

  • मङ्लबार, अशोज ७, २०८२

  • 51
    SHARES
के घटेकै हो त सेलिब्रेटी क्रेज ?

कुराकानी । कुनै समय अनमोल के.सी. को क्रेज युवा पुस्तामाझ थेगिनसक्नुको थियो । उनलाई एक झलक हेर्न समेत मानिसहरु आँतुर थिए । पारिश्रमिक समेत सबैभन्दा धेरै उनैले लिएर फिल्महरु साइन गर्थे ।

यतिसम्म कि उनैलाई पर्खेर बर्षोंसम्म फिल्म रोकिएका छन् त कतिपय फिल्म उनले फिर्ता लिएकाले अन्योलमा परेका छन् ।

अनमोलले मंगलबार एक पोष्ट हाले । पोष्ट प्रर्दशनको तयारीमा रहेको फिल्म जेरी अन टपको पहिलो गीत कस्तुरी हटाइएको बारे थियो । यो पोष्ट उनको ब्लु टिक वाला फेसबुकबाट नभई अर्को प्रोफाईलबाट राखिएको छ जसको फलोअर्स एक लाख ३ हजार छन् ।

 

प्राविधिक त्रुटीका कारण एउटा गीत हाल्नुपर्नेमा अर्को पर्न गएकाले हटाइएको फिल्म निर्माण टोलीले बताएको छ ।

घटस्थापनाको दिन पारेर फिल्म जेरी अन टपको कस्तुरी बोलको गीत रिलिजको गरिएको थियो तर रिलिजको २४ घन्टा पनि नवित्दै युट्युबबाट हटाइएको थियो ।

यसबारे अनमोलले राखेको पोष्टमा ६ घण्टा बितिसक्दा जम्मा तीन ओटा कमेन्ट र ४ सय ७४ रियाक्सन छन् । एउटा सेयर छ त्यो पनि यसै फिल्मकी नायिका आँचल शर्माको ।

आँचलले सेयर गरेको पोष्टमा पनि जम्मा ३४ ओटा रियाक्सन मात्रै आएका छन् ।

लाख भन्दा माथी फलोअर्स भएका यि सेलिब्रेटीका सोसल मिडिया पेज । अनि फ्यान भने सय समेत नकटेको । छैन त गज्जव 😜

 


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology