प्रविधि भर्सेस् ज्योतिषी

प्रविधीलाई चुनौती दिने ज्योतिष हरिहरले मागे माफी !

प्रविधीलाई चुनौती दिने ज्योतिष हरिहरले मागे माफी !

ज्योतिषशास्त्र आफैमा गणित हो यसमा दुईमत छैन तर प्रविधीलाई पनि सानो आँक्ने काम नगर्ने कि !

  • कुराकानी

  • शनिबार, अशोज १८, २०८२

  • 103
    SHARES
प्रविधीलाई चुनौती दिने ज्योतिष हरिहरले मागे माफी !

कुराकानी । यतिवेला एक्कैचोटी भइरहेको छ, घर बाहिर घनघोरको वर्षा अनि सामाजिक सञ्जालमा ज्योतिष हरिहर अधिकारीलाई गालीको वर्षा ।

हरिहरले गालीको वर्षा बेहोर्नुको कारण उनको वर्षा सम्बन्धि भविष्यवाणी नै हो ।

जल तथा मौसम विज्ञान विभागले १५ गते बुधबार अर्थात दशैंको टीकाको अघिल्लो दिन एक बिज्ञप्ती जारी गर्दै पूर्व सर्तकता अपनाउन आग्रह गरेको थियो ।

यसैको काउन्टर गर्दै ज्योतिष हरिहर अधिकारीले १७ गते अर्थात शुक्रवार सामाजिक सञ्जालमा पूर्णिमा आउँदैछ त्यसैले कुनै ठुलो अनिष्ट हुँदैन भनेका थिए ।

 

उनले स्ट्याटरमा मौसम विभागलाई चुनौती दिँदै लेखेका थिए, “मौसम विभागले भनेअनुसार १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने छ र सतर्कता अपनाउन नेपाल सरकारले अनुरोध गरेको छ। तर अझैसम्मको अवस्थालाई हेर्दा मेरो शंका छ कि वर्षा सामान्य मात्र हुनेछ। सामान्य वर्षा भएर स-साना क्षति भए त्यो आफ्नो ठाउँमा हुन्छ, तर अहिले सम्म नदेखिएको ठूलो महा वर्षा, ठूलो क्षति हुने अवस्था देखिँदैन, ढुक्क हुनुहोस्। एक जना ज्योतिषीले सामान्य भविष्यवाणी गर्दा “भ्रम फैलायो” भनेर जेल हालिन्छ। तर यदि आज मौसम विभागले भनेको कुरा भोलि पुरा भएन भने त्यो के फैलाएको हुन्छ? यसतर्फ ध्यान केन्द्रित होस्… आफ्नो सुरक्षा अवश्य गर्नुस्, तर नआतिनुस्। पूर्णिमा आउँदैछ, त्यसैले कुनै ठूलो अनिष्ट हुँदैन ।”

ओभर कन्फिडेन्ट हुँदै उनले लेखेको कुराले यतिवेला सामाजिक सञ्जालमा गाली खाईरहेका हुन् । उनले एक जना ज्योतिषीले सामान्य भविष्यवाणी गर्दा भ्रम फैलायो भनेर जेल हालिन्छ तर यदि आज मौसम विभागले भनेको कुरा भोली पुरा भएन भने त्यो के फैलाएको हुन्छ भन्दै प्रश्न उठाएका थिए ।
१

७ गते रातीबाटै भारी बर्षा सुरु भएको छ । यसरी बर्षा सुरु भएलगत्तै अधिकारीले उक्त स्ट्याटस सुटुक्क हटाए । अनि हनुमानको फोटो अपलोड गरे । त्यसै फोटोमा अघिल्लो दिनको भविष्यवाणी किन डिलिट गरेको भनेर प्रश्न उठाएपछि बल्ल उनले माफी मागेका हुन् ।

 

उक्त माफी समेत उनले इडिट गरेका छन् ।

सामाजिक सञ्जालभरी विज्ञानलाई चुनौती दिन नहुने भन्दै उनको आलोचना भइरहेको छ । कतिले मजाकमा उडाइरहेका छन् भने कतिले अहिलेसम्म हात हेरेकाहरुलाई पैसा फिर्ता दिनुपर्ने माग उठाईरहेका छन् ।

२ लाख भन्दा धेरै फलोअर्स भएको पेजबाट यस्ता भ्रामक कुरा फैलाएको भन्दै उनका कुरा सुनेर यात्रा गर्नेहरुको जवाफदेही ज्योतिष अधिकारी हुनुपर्ने समेत सामाजिक सञ्जालमा माग उठिरहेको छ ।

जे होस्, यो पटक प्रकृति र प्रविधी मिलेर ज्योतिष हरिहरलाई गतिलो पाठ सिकाएका छन् । ज्योतिषशास्त्र आफैमा गणित हो यसमा दुईमत छैन तर प्रविधीलाई पनि सानो आँक्ने काम नगर्ने कि !


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology