तुलसी अधिकारी थुनछेक बहस आज, हिरासत वा धरौटी टुंगो लाग्ने

तुलसी अधिकारी थुनछेक बहस आज, हिरासत वा धरौटी टुंगो लाग्ने

  • कुराकानी

  • बिहिबार, जेष्ठ २१, २०८३

  • 2
    SHARES
तुलसी अधिकारी थुनछेक बहस आज, हिरासत वा धरौटी टुंगो लाग्ने

कुराकानी। टिकटकर ‘तुलसा कलेक्सन’ भनेर चिनिने तुलसी अधिकारीलाई थुनछेक बहसका लागि जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको छ।

न्यायाधीश टेकनाथ गौतमको इजलासमा हिजो सुरु भएको बहस नसकिएपछि उनलाई हिरासतमै राखी आज पनि सुनुवाइ भइरहेको छ। आज सरकारी वकिल र त्यसपछि प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्।

अधिकारीविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर छ। उनीमाथि ६ करोड ५२ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ भने २१ करोड रुपैयाँ बराबरको सम्पत्ति स्रोत नखुलेको अनुसन्धानले देखाएको छ।

चीन हुँदै थाइल्यान्ड पुगेकी अधिकारीलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी शनिबार काठमाडौं ल्याइएको हो। उनले आरोप अस्वीकार गर्दै आएकी छन्।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology