अर्थमन्त्री स्वर्णिम वाग्लेविरुद्ध संगठित अफवाह फैलाइएको दाबी

अर्थमन्त्री स्वर्णिम वाग्लेविरुद्ध संगठित अफवाह फैलाइएको दाबी

  • कुराकानी कुराकानी

  • बुधबार, जेष्ठ २७, २०८३

  • 1
    SHARES
अर्थमन्त्री स्वर्णिम वाग्लेविरुद्ध संगठित अफवाह फैलाइएको दाबी

कुराकानी। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आफूविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको दाबी गरेका छन्।

बुधबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा आयोजित बजेटसम्बन्धी छलफलका क्रममा बोल्दै उनले बजेटमाथि छलफल हुनुपर्ने समयमा प्रतिनिधि सभा अवरुद्ध गरेर आफ्नाविरुद्ध गलत हल्ला फैलाइएको बताए।

“बजेटमाथि छलफल गर्नुपर्ने संसद् अवरुद्ध पार्दै मेरो विरुद्ध संगठित अफवाह फैलाइएको छ,” अर्थमन्त्री वाग्लेले भने, “त्यसको जवाफ दिन म संसदीय समितिमा उपस्थित भएको हुँ।”

हाल अर्थ समितिको बैठक जारी रहेको छ। बैठकमा अर्थमन्त्री वाग्लेले बजेटसँग सम्बन्धित विषयमा आफ्ना धारणा प्रस्तुत गरिरहेका छन्।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology