कुराकानी। सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भएका अर्का एक युवाको पनि उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ। यससँगै घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
पेटमा गोली लागेर गम्भीर घाइते भएका जयप्रकाश मेहताको काठमाडौंमा उपचारकै क्रममा निधन भएको हो। उनी घटनापछि विराटनगर हुँदै थप उपचारका लागि काठमाडौं ल्याइएका थिए।
यसअघि सोही घटनामा ओमप्रकाश मेहताको मृत्यु भइसकेको थियो। देवानगञ्जमा दुई समुदायबीचको तनाव हिंसामा परिणत हुँदा गोली चलेको थियो भने सुरक्षाकर्मी र सर्वसाधारणसहित धेरै जना घाइते भएका थिए। घटनापछि सरकारले राहत घोषणा गर्नुका साथै शान्ति र सामाजिक सद्भाव कायम गर्न विभिन्न पहल अघि बढाएको छ।