प्रधानमन्त्री शाहले बोलाए सुदूरपश्चिमका सांसद

प्रधानमन्त्री शाहले बोलाए सुदूरपश्चिमका सांसद

छलफलमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन्।

  • कुराकानी

  • मङ्लबार, साउन १९, २०८३

  • 0
    SHARES
प्रधानमन्त्री शाहले बोलाए सुदूरपश्चिमका सांसद

कुराकानी। प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल गरिरहनुभएको छ।

आज बिहान ११ बजेदेखि सुरु भएको छलफलमा समसामयिक राजनीतिक अवस्था, संघ–प्रदेश समन्वय र सुदूरपश्चिमसँग सम्बन्धित समसामयिक विषयमा कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन्।

प्रधानमन्त्री शाहले प्रदेशका सांसदहरूको धारणा सुन्नुका साथै पछिल्लो राजनीतिक परिस्थिति र प्रदेशका प्राथमिकताबारे सुझाव लिइरहेको बताइएको छ। छलफल जारी रहेकाले थप विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology