ग्याँसका लागि लाइन, वितरणमा सहजीकरण गर्न महानगर प्रहरी परिचालन

ग्याँसका लागि लाइन, वितरणमा सहजीकरण गर्न महानगर प्रहरी परिचालन

महानगरका अनुसार साना डिपोमा ग्याँस उपलब्ध भए पनि ठूला डिपोमा उपभोक्ताको अत्यधिक भीड देखिएको छ।

  • कुराकानी

  • मङ्लबार, साउन १९, २०८३

  • 4
    SHARES
ग्याँसका लागि लाइन, वितरणमा सहजीकरण गर्न महानगर प्रहरी परिचालन

कुराकानी। बजारमा खाना पकाउने ग्याँस नपाएको गुनासो बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले वितरण प्रणालीको अनुगमन र सहजीकरण थालेको छ।

महानगर प्रहरी बलले सोमबारदेखि ग्याँस डिपोमै पुगेर वितरण प्रक्रिया, सिलिन्डरको सुरक्षा मापदण्ड र उपभोक्ताको पहुँचको अवस्था अनुगमन गर्न थालेको हो। लामो समयसम्म ग्याँस नपाउने, पहुँच हुनेले मात्रै ग्याँस पाउने तथा विद्यार्थीहरू ग्याँसबाट वञ्चित हुने गुनासो आएपछि महानगर सक्रिय भएको जनाएको छ।

महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले बजारमा उपलब्ध ग्याँस सबै उपभोक्तासम्म समान रूपमा पुग्ने वातावरण बनाउन सहजीकरण गरिने बताए। उनका अनुसार सिलिन्डरको म्याद, तौल, अग्नि सुरक्षा उपकरण, भण्डारण तथा ढुवानीका मापदण्डसमेत अनुगमन गरिनेछ।

अनुगमनको सुरुआत अनामनगर क्षेत्रबाट गरिएको छ। महानगरका अनुसार साना डिपोमा ग्याँस उपलब्ध भए पनि ठूला डिपोमा उपभोक्ताको अत्यधिक भीड देखिएको छ। विक्रेताहरूले उपभोक्ता साना डिपो छाडेर सिधै ठूला डिपोमा आउने प्रवृत्तिले कृत्रिम अभावजस्तो अवस्था सिर्जना भएको बताएका छन्।

उता, नेपाल आयल निगमले भने विगतकै परिमाणमा ग्याँस आपूर्ति भइरहेको दाबी गर्दै बजारमा देखिएको चाप बढ्दो मागका कारण भएको जनाएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology