सरकारको सूचना प्रवाह सुधार्ने तयारी, राजनीतिक बिटका पत्रकारसँग प्रवक्ताको छलफल

सरकारको सूचना प्रवाह सुधार्ने तयारी, राजनीतिक बिटका पत्रकारसँग प्रवक्ताको छलफल

छलफलमा पत्रकारहरूले सरकारी सूचनामा सहज पहुँच, नियमित अन्तरसंवाद र निर्णयबारे समयमै आधिकारिक जानकारी उपलब्ध गराउनुपर्ने माग राखेका थिए।

  • कुराकानी

  • मङ्लबार, साउन १९, २०८३

  • 1
    SHARES
सरकारको सूचना प्रवाह सुधार्ने तयारी, राजनीतिक बिटका पत्रकारसँग प्रवक्ताको छलफल

कुराकानी। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने तयारी रहेको बताएका छन्।

मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा राजनीतिक बिटमा कार्यरत विभिन्न सञ्चारमाध्यमका पत्रकारसँग भएको छलफलमा मन्त्री पोखरेलले अन्तरमन्त्रालय समन्वयमार्फत आधिकारिक सूचना दिने संयन्त्र विकास गरी सूचना प्रवाहलाई थप चुस्त बनाइने जानकारी दिए।

छलफलमा पत्रकारहरूले सरकारी सूचनामा सहज पहुँच, नियमित अन्तरसंवाद र निर्णयबारे समयमै आधिकारिक जानकारी उपलब्ध गराउनुपर्ने माग राखेका थिए। उनीहरूले सरकार र सञ्चारमाध्यमबीच समन्वय बलियो बनाउन नियमित संवाद आवश्यक रहेको पनि औंल्याए।

मन्त्री पोखरेलले प्राप्त सुझावलाई कार्यान्वयन गर्दै यस्ता छलफललाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि मन्त्रालयले रणनीतिक काम अघि बढाइसकेको बताए।

छलफलमा मन्त्रालयका सल्लाहकार, उच्च अधिकारी तथा कान्तिपुर, हिमालय टेलिभिजन, अनलाइनखबर, सेतोपाटी, रातोपाटी, नेपालखबर, क्लिकमाण्डुलगायत राष्ट्रिय सञ्चारमाध्यमका राजनीतिक बिटका पत्रकारहरूको सहभागिता रहेको थियो।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology