सम्झनामा

जर्ज मेस्सी, जसले छोराको सपना युरोपसम्म पुर्‍याए !

जर्ज मेस्सी, जसले छोराको सपना युरोपसम्म पुर्‍याए !

लियोनल लाई गोट बनाउने जर्ज मेस्सीलाई हार्दिक श्रद्धान्जली !

  • कुराकानी

  • आइतवार, साउन २४, २०८३

  • 5
    SHARES
जर्ज मेस्सी, जसले छोराको सपना युरोपसम्म पुर्‍याए !

कुराकानी । फुटबलको मैदानमा लियोनल मेस्सीले जे–जे खेल जिते, त्यसको कथा सुनाउँदा एउटा नाम छुटाउनै मिल्दैन, त्यो हो उनका बाबु जर्ज मेस्सी ।

लियोनल मेस्सीका बुबा तथा लामो समयसम्म उनका एजेन्टसमेत रहेका जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ।

अर्जेन्टिनाको रोसारियोस्थित एक मेडिकल क्लिनिकमा उनको निधन भएको हो। लामो समयदेखि बिरामी रहेका जर्जका पछिल्ला महिना अस्पताल र घरबीच बितिरहेका थिए।

आज मेस्सीलाई संसारले फुटबलका महान् खेलाडीमध्ये एक भनेर चिन्छ। तर कुनै समय उनी रोसारियोका एक साना केटामात्र थिए। खुट्टामा बल परेपछि अरू बच्चाभन्दा फरक देखिन्थे, तर त्यो प्रतिभालाई ठूलो सपना बनाउने काममा परिवारको भूमिका थियो।

त्यसमध्ये सबैभन्दा अगाडि थिए उनका बुबा जर्ज।

मेस्सीको बाल्यकालदेखि नै जर्ज उनको फुटबल यात्रासँग जोडिए। पछि छोराको करियर व्यवस्थापन गर्ने जिम्मेवारी पनि लिए। मेस्सी १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमी जाने निर्णयसम्म पुग्दा जर्ज उनको साथमा थिए।

त्यो निर्णय सामान्य थिएन।

एकातिर अर्जेन्टिनाको आफ्नै घर–परिवार, अर्कोतिर युरोपको नयाँ संसार। किशोर छोरालाई हजारौँ किलोमिटर टाढा पठाउने निर्णयमा जोखिम थियो। तर जर्जले मेस्सीको प्रतिभामाथि विश्वास गरे।

त्यसपछि कथा सबैलाई थाहा छ।

बार्सिलोना, ट्रफी, रेकर्ड, अर्जेन्टिनाको जर्सी, विश्वकप अनि अन्ततः फुटबलको सबैभन्दा ठूलो नाममध्ये एक लियोनल मेस्सी।

तर मेस्सीको सफलताको चमकमा जर्ज प्रायः पर्दापछाडिमै रहे।

जर्ज केवल बुबा मात्र थिएनन्। उनी छोराका प्रतिनिधि र करियरसम्बन्धी मामिलामा लामो समयसम्म महत्वपूर्ण व्यक्ति थिए। अर्थात्, मैदानमा मेस्सीले खेल्दा बाहिरबाट उनको करियर सम्हाल्ने मान्छे पनि जर्ज नै थिए।

सन् २०२६ अर्थात हालै सम्पन्नविश्वकपमा समेत मेस्सीका बुबा जर्जकव स्वास्थ अवस्था चिन्ताजनक थियो । तर विश्वकपपछि मेस्सीले पनि बुबासँग समय बिताएका थिए।

अब भने त्यो साथ सम्झनामै सीमित भएको छ।

जर्जको निधनपछि बार्सिलोना, न्यूवेल्स ओल्ड ब्वाइज, अर्जेन्टिना फुटबल संघलगायत फुटबलसँग जोडिएका संस्थाहरूले श्रद्धाञ्जली दिएका छन्। अर्जेन्टिना फुटबल संघले आफ्ना खेलहरूमा मौनधारण र कालोपट्टी लगाउने घोषणा गरेको छ।

मेस्सीले संसारलाई धेरै ट्रफी दिए। तर ती ट्रफी उठाउँदा उनको यात्राको सुरुवाती दिनमा साथ दिने एउटा हात थियो, बुबा जर्जको।

फुटबलमा मेस्सीको नाम अमर रहला।
तर मेस्सी बन्नुअघि मेस्सीमाथि विश्वास गर्ने त्यो बुबाको कथा पनि सायद उत्तिकै सम्झनलायक छ।

लियोनल लाई गोट बनाउने जर्ज मेस्सीलाई हार्दिक श्रद्धान्जली !


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology