कुराकानी। टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत ललितपुरको आदेश उच्च अदालत पाटनले सदर गरेको छ। उनीविरुद्ध आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा बिगो मागदाबी गरिएको छ।
अदालतले जाहेरी, प्रहरी प्रतिवेदन तथा विभिन्न व्यक्तिको बयानलाई थुनामा राख्ने आधार मानेको छ। तर, उनीमाथिका आरोप अन्तिम रूपमा प्रमाणित भइसकेका छैनन्।
के यो प्रकरण साँच्चै ‘हनि ट्रयाप’ हो वा आर्थिक लेनदेनको विवाद? आरोप, प्रमाण र उठेका प्रश्नबारे विस्तृत विश्लेषण भिडियोमा हेर्नुहोस्।
पुष्पा थपलिया