पत्रकार पक्राउमा सरकारको पूर्वस्वीकृति थिएन : सस्मित पोखरेल

पत्रकार पक्राउमा सरकारको पूर्वस्वीकृति थिएन : सस्मित पोखरेल

मंगलबार मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त घटनामा सरकार वा प्रधानमन्त्रीको पूर्वस्वीकृति नरहेको दाबी गरे।

  • कुराकानी

  • मङ्लबार, कार्तिक १८, २०८३

  • 0
    SHARES
पत्रकार पक्राउमा सरकारको पूर्वस्वीकृति थिएन : सस्मित पोखरेल

कुराकानी। सरकारले सञ्चारमाध्यमका समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाबारे स्पष्टीकरण दिएको छ।

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पत्रकारलाई पक्राउ गर्ने उद्देश्यले नभई प्रहरीभित्रबाट सूचना चुहावट भएको विषयमा सामान्य सोधपुछ र जाँचबुझ गरिएको बताएका छन्।

मंगलबार मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त घटनामा सरकार वा प्रधानमन्त्रीको पूर्वस्वीकृति नरहेको दाबी गरे। उनका अनुसार यो प्रहरीको आन्तरिक विषय हो।

उनले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी भएपछि पत्रकारलाई सोधपुछका नाममा हिरासतमा नराख्न निर्देशन दिएको पनि बताए।

पोखरेलले प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको राजीनामा मागेको वा कारबाही गर्न लागेको भन्ने समाचारलाई उदाहरण दिँदै त्यस्ता सूचना कसरी बाहिरिए भन्ने विषयमा प्रहरीले तथ्य जाँच गरेको दाबी गरे।

यसअघि नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युजका सम्पादक शोभराज बराललाई प्रहरीले समाचार कक्षबाटै नियन्त्रणमा लिएको थियो। त्यस्तै, नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन प्रहरी कार्यालय पुगेको थियो।

घटनाप्रति नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल तथा विभिन्न सञ्चारसम्बन्धी संस्थाले आपत्ति जनाएका थिए। समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने कार्यले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाएको उनीहरूको भनाइ थियो।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology