‘केवाइसी अपडेट’को बहानामा ठगी, चार जना पक्राउ

‘केवाइसी अपडेट’को बहानामा ठगी, चार जना पक्राउ

पक्राउ परेकामाथि विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

  • कुराकानी

  • मङ्लबार, भदौ २, २०८३

  • 0
    SHARES
‘केवाइसी अपडेट’को बहानामा ठगी, चार जना पक्राउ

कुराकानी। केवाइसी अपडेट गर्नुपर्छ’ भन्दै ग्राहकबाट ओटीपी तथा गोप्य विवरण मागेर बैंक खाताबाट रकम रकमान्तर गर्ने चार जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूले बैंकका कर्मचारी बनेर फोन तथा सन्देशमार्फत ग्राहकलाई झुक्याउने र प्राप्त ओटीपी तथा अन्य विवरण प्रयोग गरी खाताबाट रकम निकाल्ने गरेका थिए। पक्राउ परेकामाथि विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीले बैंक वा वित्तीय संस्थाले फोन गरेर ओटीपी, पिन वा पासवर्ड नमाग्ने भन्दै त्यस्ता विवरण कसैलाई नदिन आग्रह गरेको छ। 


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology