कुराकानी। दसैँ नजिकिएसँगै राजधानीमा रहेका सर्वसाधारण आफ्नो गाउँघर फर्किने तयारीमा जुटेका छन्। दसैँ मनाउन घर जाने यात्रुहरूको चहलपहल बढेसँगै बालाजुस्थित नयाँ बसपार्कमा टिकट काट्नेहरूको भीड देखिएको छ।

नयाँ बसपार्कमा घर जाने, टिकट लिन यात्रुहरू लाइनमा बसेका छन्। कोही आफ्नो गन्तव्यसम्म पुग्ने टिकट खोजिरहेका छन् भने कोही परिवारसँगै दसैँ मनाउने उत्साह बोकेर यात्राको तयारीमा छन्।

रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा काठमाडौंमा बस्दै आएका सर्वसाधारणका लागि दसैँ परिवार र आफन्तसँग भेटघाट गर्ने विशेष अवसर हो। त्यसैले दसैँको आगमनसँगै राजधानीबाट बाहिरिने यात्रुहरूको चहलपहलले नयाँ बसपार्कलाई थप व्यस्त बनाएको छ।








कृष्पा श्रेष्ठ