दसैँमा किन गरिन्छ नवदुर्गाको पूजा?

दसैँमा किन गरिन्छ नवदुर्गाको पूजा?

देवी दुर्गाले असुर महिषासुरमाथि विजय प्राप्त गरेको खुसियालीमा यो पर्व मनाइन्छ।

  • पुष्पा थपलिया

  • सोमवार, कार्तिक ३, २०८३

  • 2
    SHARES
दसैँमा किन गरिन्छ नवदुर्गाको पूजा?

कुराकानी। नेपालीहरूको महान् चाड दसैँमा घरघरमा घटस्थापना गरी नवदुर्गाको पूजा-आराधना गरिन्छ। देवी दुर्गाले असुर महिषासुरमाथि विजय प्राप्त गरेको खुसियालीमा यो पर्व मनाइन्छ।

हिन्दू धार्मिक मान्यताअनुसार शैलपुत्रीदेखि सिद्धिदात्रीसम्मका देवीका नौ वटा स्वरूपको नौ दिनसम्म पूजा गर्ने परम्परा छ। नौ दिनसम्म व्रत बस्ने, जमरा राख्ने र दुर्गा सप्तशती पाठ गर्ने गरिन्छ। दसौँ दिन विजयादशमीका रूपमा मान्यजनबाट टीका र आशीर्वाद थापी यो पर्व भव्य रूपमा मनाइन्छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology