सुन तोलामा ९ सयले बढ्यो

सुन तोलामा ९ सयले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो।

  • कुराकानी

  • बुधबार, कार्तिक १२, २०८३

  • 0
    SHARES
सुन तोलामा ९ सयले बढ्यो

कुराकानी। नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला ३ हजार ९७० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार बढेर ३ हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology