हनुमानढोकाको बलिप्रति आशिका तामाङको प्रश्न: ‘माताले देशलाई कति शक्ति दिनुभयो?’

हनुमानढोकाको बलिप्रति आशिका तामाङको प्रश्न: ‘माताले देशलाई कति शक्ति दिनुभयो?’

जनताका लागि धेरै सरकार आए तर जनावरको लागि न सरकार न जनता ।

  • कुराकानी

  • मङ्लबार, कार्तिक ४, २०८३

  • 6
    SHARES
हनुमानढोकाको बलिप्रति आशिका तामाङको प्रश्न: ‘माताले देशलाई कति शक्ति दिनुभयो?’

कुराकानी। सांसद आशिका तामाङले महानवमीका अवसरमा बसन्तपुरस्थित हनुमानढोकामा दिइएको पशुबलिप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत लगातार प्रश्न उठाएकी छन्।

तामाङले पहिलो पोस्टमा सार्वजनिक रूपमा बोका बलि दिइएको विषयमा प्रश्न गर्दै परिवर्तनको सुरुवात सार्वजनिक पदमा रहेका व्यक्तिहरूबाटै हुनुपर्ने बताएकी छन्।

उनले लेखेकी छन्, “बसन्तपुर हनुमानढोकामा सार्वजनिक रूपमा एक बोकालाई बलि चढाइँदै। जनता त जनता भइगए, जो सार्वजनिक पदमा बसेका सरकारी कर्मचारीहरू के भाको होला?” परिवर्तन पहिले नेपाल सरकारका मातहतका कर्मचारीहरुमा हुन आवस्यक छ ,जनताका लागि धेरै सरकार आए तर जनावरको लागि न सरकार न जनता ।

त्यस्तै, उनले पुल उद्घाटनमा बोका बलि दिने र नयाँ सरकारी भवन उद्घाटनमा राँगा चढाउने अभ्यासमाथि पनि प्रश्न उठाएकी छन्।

त्यसपछि अर्को पोस्टमा तामाङले ‘बोका सकियो, अब पाडोको पालो’ भन्दै हनुमानढोकाअगाडि ५४ वटा पाडा र ५४ वटा पाठो बलि दिएपछि देशले शक्ति पाउने धार्मिक विश्वासमाथि व्यङ्ग्य गरेकी छन्।

उनले लेखेकी छन्, “५४/५४ वटा पाडो र पाठो हनुमानढोकाको अगाडि बलि दिएपछि माता दुर्गा भगवतीले शक्ति दिन्छिन् रे! म त गन्दै छु, आजसम्म माताले कति वटा शक्ति हाम्रो देशलाई दिनुभयो भनेर?”

हनुमानढोकास्थित तलेजु भवानीको पूजामा महानवमीका अवसरमा पशुबलि दिने परम्परा रहँदै आएको छ। धार्मिक आस्था र परम्परासँग जोडिएको यस अभ्यासमाथि पशु अधिकारका दृष्टिले विभिन्न प्रश्न उठ्दै आएका छन्।

पशु अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएकी तामाङले यसअघि पनि सार्वजनिक स्थलमा दिइने पशुबलि तथा जनावरमाथि गरिने व्यवहारबारे सामाजिक सञ्जालमार्फत प्रश्न उठाउँदै आएकी छन्।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology