धानखेतमाथि चङ्गाको उडान

धानखेतमाथि चङ्गाको उडान

हातमा चङ्गा र लट्टाई बोकेर उनीहरू खुला ठाउँमा दौडिँदै चङ्गालाई आकाशमा पुर्‍याउने प्रयास गरिरहेका थिए।

  • कृष्पा श्रेष्ठ

  • बिहिबार, कार्तिक ६, २०८३

  • 3
    SHARES
धानखेतमाथि चङ्गाको उडान

कुराकानी। विजयादशमी सकिए पनि चाँगुनारायणका पाखा र फाँटहरूमा चङ्गा उडाउने रौनक कायमै छ। खेतमा पाकेको पहेँलो धान र नीलो आकाशमा उडिरहेका चङ्गाले यहाँको दृश्यलाई आकर्षक बनाएका छन्।

आज चाँगुका खेतका आलीमा बालबालिका चङ्गा उडाउँदै रमाइरहेका भेटिए। हातमा चङ्गा र लट्टाई बोकेर उनीहरू खुला ठाउँमा दौडिँदै चङ्गालाई आकाशमा पुर्‍याउने प्रयास गरिरहेका थिए। कोही धागो तान्दै चङ्गा उडाइरहेका थिए भने कोही साथीहरूलाई लट्टाई समात्न सघाइरहेका थिए।

चङ्गा उडाउने र चङ्गा चेट खेल्ने परम्परा दसैँसँग जोडिएकाले पनि खुला आकाशमुनि साथीभाइसँग रमाउने अवसर बनेको छ।

विजयादशमी सकिएपछि पनि चाँगुको आकाशमा उडिरहेका चङ्गाले पर्वको उमङ्गलाई निरन्तरता दिइरहेका छन्। नीलो आकाश, सुनौलो धानखेत र चङ्गा उडाउँदै रमाइरहेका बालबालिकाको दृश्यले गाउँको प्राकृतिक सुन्दरता र बाल्यकालको खुसीलाई एकैसाथ झल्काएको छ।

Tags :

सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology