छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि व्रतालुहरू नदी तथा पोखरीका किनारमा भेला भएर उदाउँदो सूर्यको पूजा आराधना गरेका छन्। उनीहरूले विधिपूर्वक सूर्यलाई अर्घ्य दिँदै परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्।
चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो। आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ।
प्रस्तुत छन्, नख्खुडोल र कमलपोखरीमा फोटो पत्रकार सन्देश मुनिकरले कैद गरेका छठ पर्वका केही तस्बिरहरू:











सन्देश मुनिकर