अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी अब नेपालीमा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी अब नेपालीमा

  • कुरौटेपाटी

  • आइतवार, भदौ ३१, २०८०

  • 156
    SHARES
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी अब नेपालीमा

काठमाडाैं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली संस्करण शनिबार काठमाडौंमा सार्वजनिक भएको छ । ‘द ट्रुथ वी होल्ड’ को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो । अनुवाद विप्लव प्रतीक र लेखकरअनुवादक सगुना शाह तथा वी रीडको सीइओ सुनिती अमात्यले पुस्तक विमोचन गरेका हुन् ।

विमोचनअघि अनुवादक प्रतीकसँग शाहले संवाद गरेकी थिइन् । कमला ह्यारिसलाई कसरी सत्यको जगमा उभिएको पाउनुभयो भन्ने प्रश्नमा प्रतीकले सुरुवातीदेखिकै हरेक यात्रा र संघर्षमा हमलाले सत्मार्गमा हिँडेको आफूले पाएको बताए । ‘उनको जीवन नै हरेक मानिसलाई प्रेरणा र ऊर्जा दिने दिने खालको छ,’ उनले भने ।

रंगभेद तथा बालबालिका र महिलामाथिको विभेद, अदालतमा बयानक्रममा उनीहरुको परिस्थितबारे ह्यारिसले गरेको अनुभव आफूलाई मन परेका शाहले बताइन् । आप्रवासी आन्दोलनदेखि समलिंगी, तेस्रोलिंगी, आर्थिक व्यवस्था लगायतका विषय पनि महत्वका साथ आएको उनको भनाइ थियो ।

शाहले प्रतीकलाई अर्को प्रश्न गरिन्, ‘यात्रामा आएका डर वा निराशालाई ह्यारिसले किन नलेखेकी होलिन्, केही छुटेजस्तो लाग्दैन रु’ प्रतीकले अरुलाई निडर बनाउन र अघि बढिरहन प्रेरित गर्न पनि यस्ता सन्दर्भलाई उल्लेख नगरेको हुन सक्ने बताए ।

‘पुस्तकको कुनै लाइन वा प्रसंग छोडेर अनुवादकले अनुवाद गर्न मिल्छ मिल्दैन रु’ भन्ने अर्को प्रश्नमा प्रतीकले भने, ‘मैलेचाहिं यसो गर्न मिल्दैन र गर्दिनँ पनि । अनुवादमा इमानदारी जरुरी छ ।’

शाहले फरक प्रसंगमा उपराष्ट्रपतिसम्म आइपुग्दाका अपार सफलता देखाइए पनि त्यसका पछाडि पुरुषहरु दृश्यमा खास नदेखिएको बताइन् । आमाको जति भूमिका बुबाको नदेखिएको उनको भनाइ थियो ।

दुई वर्षअघि नै पुस्तकको काम थालिए पनि विविध प्राविधिक कारण ढिलाइ हुन पुगेको प्रतीकले बताए । ‘अनुवाद गर्न खासै मलाई मन लाग्दैन, तर यो अनुवादले नेपाली शब्द भण्डार बढाउन मलाई धेरै सघायो,’ उनले भने, ‘वर्षौं प्रयोग भएर नेपालीकरण भइसकेका आयातित शब्दको मिठास नहराओस् भनेर कतिपय ठाउँमा तिनलाई प्रयोग गरेको छु ।’

पुस्तकको शीर्षकबारे भने प्रतीकले आफूले अनुवाद सुरु गर्दा यसबारे नसोचेको बताए । ‘अन्तिममा ४र५ वटा नामबारे सोचेको थिएँ,’ उनले भने, ‘लेखकरअनुवाद वसन्त थापासँग पनि कुरा भइरहेको थियो । अन्तिममा सत्यको जगमा उभिएर नै सही लागेर यही राखिएको हो ।’


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology