नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा ड्रीम्स् उत्कृष्ट चलचित्र

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा ड्रीम्स् उत्कृष्ट चलचित्र

  • कुराकानी

  • शनिबार, चैत्र १०, २०८०

  • 214
    SHARES
नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा ड्रीम्स् उत्कृष्ट चलचित्र

काठमाडाैं । नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको १३ संस्करणका लागि गरिएको लघुचलचित्र प्रतिस्पर्धामा शान्ता नेपालीद्वारा निर्देशित वृत्तचित्रध्ये ड्रीम्स्लाई उत्कृष्ट चलचित्रको अवार्ड प्रदान गरिएको छ ।

त्यस्तै स्वयम् मास्के मानन्धरले निर्देशन गरेकाे लघु चलचित्रद बु, द बाऊ, द काफलाई स्पेशल मेन्सन गरिएको छ ।

अवार्ड चलचित्र महोत्सवको आज साँझ भएको समापन समारोहमा डेलिगेशनकी उपराजदूत डा जोएल इभोनेट्ले ती चलचत्रकर्मीहरुलाई प्रदान गरिएकाे हाे ।

विजेता चलचत्रिकर्मीहरुलाई यसै वषै ब्रसेल्स्मा आयोजना हुन लागेको नेपाली चलचित्र महोत्सवमा सहभागी समेत गराइने छ ।

फेस्टिभलमा अफिसियली छनौट गरिएका तथा प्रर्दशनगरिएका बाँकी ९ लघु नेपाली चलचित्रलाई पनि सर्टिफिकेट प्रदान गरिएको थियो ।

ती लघुचलचित्रहरुमा गोपाल आचार्य निर्देशित डिभिनेसन् (आखत), समाल बज्राचार्य निर्देशित हावाम्यान, निमा गेलु शेर्पा निर्देशित काठमाडौं मनसुन, अतिन श्रेष्ठ निर्देशित मखमली उडान, रजिन महर्जन निर्देशित लेट्स टक् पिरियड, मिराज रोशन ठकुरी निर्देशित रातो पछ्यौरी, आकांक्षा कार्की निर्देशित सनाई, सन्तोष दाहाल निर्देशित द मिराज र अनिल कुर्मी निर्देशित फेरा रहेको छ ।

खुला विज्ञापनमार्फत आव्हान गरिएको यस प्रतियोगितामा ५२ वटा लघु चलचित्र सब्मिट गरिएका थिए । नेपालका लागि युरोपियन युनियनको डेलिगेशन प्रतियोगितामा सहभागीभएका सबै चलचित्रकर्मी, निर्माता तथा संस्थाहरुलाई धन्यवाद दिन चाहन्छ  तथा विजेता चलचित्रकर्मीहरुलाई बधाइ दिन चाहन्छ ।

नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको १३ औं संस्करण काठमाडांैमा यही चैत्र ७ गतेदेखि १० गतेसम्म आयोजना गरिएको थियो । फेस्टिभलमा ९ युरोपेली चलचित्र तथा प्रतिस्पर्धामार्फत छानिएका ११ लघु चलचित्र प्रदर्शित गरिएका थिए ।

महोत्सव २०८० चैत्र २८ र २९ (अप्रिल १० र ११) गते सुदूरपश्चिम प्रदेशमा समेत आयोजना हुने छ ।

यसैगरी महोत्सव लुम्बिनीप्रदेशको नेपालगञ्जमा २०८१ वैैशाख ३ गते (अप्रिल १५) हुनेछ । त्यस्तै कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगरमा २०८१ वैशाख ७ र ८ गते (१९ र २० अप्रिल) आयोजना हुनेछ ।

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology