भारतसँग साझा समृद्धिको बाटो खोल्ने छलफल भयो : रवि लामिछाने

भारतसँग साझा समृद्धिको बाटो खोल्ने छलफल भयो : रवि लामिछाने

भारतीय प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो फलदायी संवाद भएको थियो।

  • कुराकानी

  • बुधबार, जेष्ठ २०, २०८३

  • 1
    SHARES
भारतसँग साझा समृद्धिको बाटो खोल्ने छलफल भयो : रवि लामिछाने

कुराकानी। रवि लामिछाने ले नेपाल–भारत सम्बन्धमा विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको युगतर्फ अघि बढ्ने विषयमा गहन छलफल भएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले बुधबार ‘नरेन्द्र मोदी’ सँगको भेटपछि सामाजिक सञ्जाल ‘X’मा यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनका अनुसार भारतीय प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो फलदायी संवाद भएको थियो।

भेटका क्रममा नेपाल र भारतबीच साझा हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने, डिजिटल कोरिडोर, सहज कनेक्टिभिटी र साझा सभ्यतागत सम्बन्धलाई आधार बनाएर आपसी विश्वास र समृद्धिमा केन्द्रित साझेदारी निर्माण गर्ने विषयमा छलफल भएको लामिछानेले उल्लेख गरेका छन्।

‘प्रगति र आपसी विश्वासले परिभाषित गर्ने साझेदारीमार्फत साझा समृद्धिका सम्भावनाहरूलाई यथार्थमा रूपान्तरण गर्न हामी तत्पर छौँ,’ उनले लेखेका छन्।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology