फिल्म समीक्षा

पुर्ण बहादुरको सारङ्गी भन्दा माथी उठ्न नसकेको फिल्म: रोल नं १

पुर्ण बहादुरको सारङ्गी भन्दा माथी उठ्न नसकेको फिल्म: रोल नं १

न पढाइ खराब हो, न सीप। समस्या त सोच र सिस्टमको हो।

  • कुराकानी

  • बुधबार, जेष्ठ २०, २०८३

  • 4
    SHARES

कुराकानी । प्रतिक्षाको घडि सकियो । finally ‘रोल नं १’ रिलिज भइसकेको छ । अनि honestly, यो फिल्मले audience लाई Ramrari feel गराइरहेको छ ।
कतै हाँसो छ , कतै emotion छ, र कतै यस्तो scene छ, जसले फिल्म सकिएपछि पनि अडियन्सको मनमा गहिरो छाप पार्नसक्छ ।
तर समीक्षकको point of view मा ‘रोल नं १ ’ कत्तिको worth it छ त ?
आजको भिडियोमा हामी गर्नेछौं full breakdown — story, acting, emotions र यसले दिने message का बारेमा ।
त्यसैले भिडियोलाई last सम्म हेर्नुहोला । किनकि बीचमै skip गर्नुभयो भने important कुरा miss हुन सक्छ ।
अनि KuraKani360 subscribe गर्नुभएको छैन भने, please … Like, comment र share गरेर support गर्न पनि नभुल्नुहोला ।
अब आउनुहोस्…
starting गरौं नेपाली फिल्म ‘रोल नं १ ’को review, with Pushpa Thapaliya.

Okay… सुरुमा कुरा गरौं यस फिल्मको story कस्तो छ त भन्नेबाट ।

Surface मा हेर्दा ‘रोल नं १’ तीन जना स्कुले बालकको कथा हो। तर फिल्मले भन्न खोजेको कुरा त्यसभन्दा धेरै ठूलो छ। यो केवल विद्यालयमा पहिलो हुने प्रतिस्पर्धाको कथा होइन, आफ्ना छोराछोरीले राम्रो गरून्, सफल बनून् र सबैभन्दा अगाडि पुगून् भन्ने अभिभावकहरूको चाहना, दबाब र महत्वाकांक्षाको कथा हो।

हाम्रो समाजमा आज पनि धेरै आमाबुवा आफ्नो बच्चाको रिपोर्ट कार्डमा आएको नम्बरलाई उसको क्षमता र भविष्यसँग जोडेर हेर्छन्। त्यसैले ‘रोल नं १’ बन्ने दौड केवल बच्चाहरूको हुँदैन, त्यो दौडमा प्यारेन्टस् पनि उत्तिकै सामेल हुन्छन्। फिल्मले यही वास्तविकतालाई तीनजना चाइल्ड क्यारेक्टर मार्फत देखाउने प्रयास गरेको छ।

कथाको केन्द्रमा छन् सञ्चार परियार। उनी गाउँमा घोक हाल्ने अर्थात कटुवाल कराउने काम गर्छन्। कथा २०५५ सालतिरको हो, जतिबेला गाउँमा कुनै सूचना फैलाउनुपरे कटुवाल नै सबैभन्दा भरपर्दो माध्यम हुन्थे। किनभने त्यतिबेला अहिले जस्तो फेसबुक, टिकटक वा स्मार्टफोन थिएनन्।

सञ्चार आफैं भने पढ्न-लेख्न जान्दैन। तर उसको मेमोरी पावर अमेजिङ् छ। कसैले एकपटक मात्रै भनेको कुरा पनि उ एक शब्द पनि नछुटाई दोहोर्‍याउन सक्छन्। यही कारण उ गाउँमा सबैका लागि भरपर्दा समेत छ ।

तर सञ्चारको एउटा अधुरो सपना छ, शिक्षा। आफूले पढ्न नपाएको पीडा उ आफ्नो छोरा ज्ञान बहादुर परियारमार्फत पूरा गर्न चाहन्छ। त्यहि सिलसिलामा एउटा घटना घट्छ र सञ्चार छोरालाई एनिहाउ रोल नं १ बनाउ भन्ने अभियानमा लागिपर्छ ।

फिल्मले पढाइको कम्पिटिसन, साथीहरूबीचको कम्पियर, अभिभावकको दबाब र त्यसले चाइल्ड साइकोलोजिमा पार्ने प्रभावलाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गर्ने ट्राई गरेको छ।

अब सञ्चारको सपना पूरा हुन्छ कि हुँदैन होला ? ज्ञान बहादुर साँच्चै रोल नं १ बन्छ त ? त्यो जान्न भने तपाईंले फिल्म आफैं हेर्नुपर्ने हुन्छ।

यी सबै कुराहरु सँगसँगै फिल्मले परिवार, समाज, राजनीति र राज्यका नीतिहरूमाथि पनि निकै स्मार्ट तरिकाले कमेन्ट गरेको छ।

समाजले हातमा सिप भएका मानिसलाई “पढ्न नसकेर यस्ता काम गरेको” भनेर हेर्ने सोच कसरी बनाउँछ, र त्यसले उनीहरूको आत्मसम्मानमा कति चोट पुर्‍याउँछ भन्ने कुरा बेगम बाजेको पात्रमार्फत देखाइएको छ।

फिल्मले एउटा गहिरो प्रश्न उठाउँछ— सबै अभिभावक आफ्ना छोराछोरीलाई रोल नं १ बनाउन मरिहत्ते गरिरहेका छन्, तर समाजलाई साँच्चिकै चलाइराख्ने सिप, कला र पेशाहरूको भविष्य के हुँदैछ? कतै ती सिपहरू पुरानो झाप्रोभित्र आफ्नो अन्तिम सास गनिरहेका त छैनन्?

जब सबैको गन्तव्य एउटै बन्छ, तब अरू प्रतिभा, सीप र पेशाहरू विस्तारै ओझेलमा पर्न थाल्छन्। पढाइ र नम्बरको दौडमा हामीले कति मूल्यवान् सीपहरू गुमाइरहेका छौं भन्ने तितो यथार्थलाई फिल्मले निकै संवेदनशील र प्रभावकारी तरिकाले देखाएको छ।

फिल्ममा पात्रहरुको नाम बडो मिनिङफूल लाग्यो ।

यसको स्कृन प्ले एकदमै सरल छ । यसले उतार चढाव देखाउँदै कथा भन्छ । हरेक सिचुयसनमा कन्फिल्क्ट क्रेट गर्छ र त्यसको समाधान गर्दै अगाडी बढ्छ ।
तर केहि फिल्मका संवाद भने अननेसेसरी लाग्छन् । अडियन्सलाई फिल हुने गरेर जवर्जस्ति केहि संवादहरु रुवाउनका लागि घुसाइएको फिल हुन्छ । दर्शक रुवाउनकै लागि यतिधेरै नगरेको भएपनि हुन्थ्यो भन्ने फिल हुन्छ । तर केहि ठाउँमा भने हुरुक्कै हुने गरेर रुवाउँछ पनि ।

यो फिल्म सुपरहिट Purna Bahadur Ko Sarangi का स्क्रिनप्ले राइटर Mahesh Dawadi ले लेखेका हुन्। त्यसैले पनि होला, फिल्मका केही दृश्य र भावनात्मक मोमेन्टहरूमा पूर्ण बहादुरको सारङ्गीको झल्को आइरहन्छ।

अझै केही कुराहरू त अलि फोर्स गरेरै राखिएका जस्ता पनि महसुस हुन्छन्। हुन त दुवै फिल्मको केन्द्रमा बाउ र छोराको सम्बन्ध नै छ। त्यसैले पनि दर्शकले उस्तै भावनात्मक फ्लेभर पाउन सक्छन्।

खासमा पूर्ण बहादुरको सारङ्गीमा बाउले छोरालाई पढाउन गरेको संघर्ष देखाइएको थियो । रोल नं १ मा भने बाउले छोरालाई जसरी पनि कक्षाको रोल नं १ बनाउन गरेको संघर्ष देखाएको छ।

दुवै कथामा बाउको सपना, त्याग र छोराको भविष्यप्रतिको चिन्ता मुख्य ड्राइभिङ फोर्स भएकाले कतिपय ठाउँमा उस्तै अनुभूति हुनु स्वाभाविक लाग्छ। फरक यति हो, एउटा फिल्मले शिक्षाको पहुँचको कथा भन्छ भने अर्कोले शिक्षाभित्रको प्रतिस्पर्धा र नम्बरको दबाबमाथि प्रश्न उठाउँछ।

त्यसैले पुर्ण बहादुरको सारङ्गी हेरेका दर्शकलाई धेरै परिवेशहरु उस्तै लाग्न सक्छन् ।

अब कुरा गरौं acting को ।

फिल्ममा सञ्चारको भूमिका Mukun Bhusal ले निर्वाह गरेका छन्। उनी पात्रमै बाँच्ने कलाकारमध्ये पर्छन्। बुलबुल र पूर्ण बहादुरको सारङ्गी मा जस्तै यस फिल्ममा पनि उनको अभिनयले दर्शकसँग तुरुन्तै कनेक्सन बनाउँछ।

स्क्रिनमा सञ्चार रोइरहेको बेला दर्शक पनि भावुक हुन्छन्, अनि उनी हाँस्दा हलभरि मुस्कान फैलिन्छ। उनको अभिनय यति स्वाभाविक लाग्छ कि कतिपय क्षणमा कलाकार मुकुन भुषाल हराएर केवल सञ्चार मात्रै देखिन्छ।

उनले लगाएको पोसाक, शरीरको हाउभाउ, संवाद बोल्ने लवजदेखि गाउँले जीवनशैली झल्काउने साना–साना डिटेलसम्मले पात्रलाई अझ विश्वसनीय बनाएका छन्। त्यसैले सञ्चार केवल फिल्मको पात्र बनेर सीमित रहँदैन, बरु दर्शकले चिनेको वा कतै देखेको वास्तविक मानिसजस्तै महसुस हुन्छ।

ज्ञाने उर्फ ज्ञानबहादुर परियारको भूमिकामा बाल कलाकार निर्भिक रेग्मी देखिएका छन्। उनको अभिनय हेर्दा यो केवल एउटा राम्रो डेब्यु मात्र होइन, सही अवसर र सक्षम निर्देशक पाए भविष्यमा उनी नेपाली सिनेमाका बलिया कलाकारमध्ये एक बन्न सक्छन् भन्ने संकेत पनि देखिन्छ।

ज्ञानेको पात्रमा रहेको बालसुलभपन, जिद्दीपन, डर र भावनात्मक उतारचढावलाई उनले निकै स्वाभाविक ढंगले प्रस्तुत गरेका छन्। विशेषगरी बेगम बाजेको मृत्युको दृश्यमा उनको भावनात्मक अभिव्यक्तिले दर्शकलाई पनि गहिरोसँग छुन्छ। ज्ञाने रोइरहेको बेला हलमा बस्ने धेरैको आँखा रसाउन सक्छ।

त्यस्तै, बाउले निरन्तर रोल नं १ बन्न दबाब दिँदा रिस र निराशामा ज्ञानेले “यस्तो बा हुनुभन्दा मरेको नै जाती” भन्ने संवाद बोल्ने क्षण निकै असहज र शक्तिशाली लाग्छ। त्यो संवाद केवल एउटा बालकको आवेग होइन, अत्यधिक अपेक्षा र दबाबले थिचिएको मनको विस्फोट जस्तो महसुस हुन्छ। निर्भिकले त्यो भावलाई यति विश्वासिलो तरिकाले प्रस्तुत गरेका छन् कि दृश्य सकिएपछि पनि त्यसको असर लामो समयसम्म दिमागमा रहिरहन्छ।

ज्ञानेकी आमाको भूमिकामा Renu Yogi देखिएकी छन्। उनको स्क्रिन टाइम धेरै छैन, तर जति छन्, त्यति नै प्रभावशाली छन्। थोरै दृश्यमै पनि उनले पात्रको पीडा, माया र भित्री संघर्षलाई गहिरोसँग महसुस गराउन सफल भएकी छन्।

विशेषगरी, छोराले एकपटक भए पनि “कान्छीआमा” नभनेर “आमा” भनेर बोलाइदियोस् भन्ने उनको सानो तर गहिरो चाहनाले मन छोइरहन्छ। त्यो केवल सम्बोधनको कुरा होइन, एक महिलाको आमा बन्ने तिर्सना हो।

उनको पात्रले मातृत्व केवल जन्मसँग जोडिएको सम्बन्ध होइन भन्ने कुरा देखाउँछ। तर त्यही माया पाएर पनि पूर्ण रूपमा “आमा” बन्न नसकेको पीडाले दर्शकको मन कताकता चसक्क बनाइदिन्छ। रेनु योगीले यही मौन पीडालाई निकै संयमित र प्रभावकारी अभिनयमार्फत पर्दामा उतारेकी छन्।

अर्को कुरा गर्नैपर्ने पात्र हो बेगम बाजे, जसको भूमिकामा Subhash Prasad Gajurel देखिएका छन्। उनको स्क्रिन प्रिजेन्स धेरै लामो छैन, तर फिल्मको सबैभन्दा अर्थपूर्ण पात्रमध्ये एक उनि पनि हुन् ।

बेगम बाजेमार्फत फिल्मले नेपाली समाजको एउटा तितो यथार्थ देखाउँछ, शारीरिक श्रम गर्ने मानिसलाई हामी वास्तवमै कति सम्मान गर्छौं?

बेगम बाजेको पात्रले यही विभेदलाई प्रतिनिधित्व गर्छ। उनी केवल एउटा व्यक्ति होइनन्, पुस्तौंदेखि सीप र श्रमका भरमा समाज धानिरहेका हजारौँ मानिसहरूको प्रतीक जस्ता लाग्छन्। त्यसैले उनको उपस्थिति छोटो भए पनि प्रभाव गहिरो छ।

फिल्मका अन्य कलाकारहरु सबैको acting निकै natural लाग्छ । कसैले पनि character force गरेको feel हुँदैन । सबै आफ्नो world मै बाँचिरहेका मान्छे जस्ता लाग्छन् । तपाईलाई चाहिँ सबैभन्दा गज्जब acting कसको लाग्यो? Comment मा drop गरिहाल्नु होला है ।

फिल्ममा अलि debate invite गर्ने कुरा चाहिँ यसको message side हो । फिल्मले उठाएको बहस महत्त्वपूर्ण छ, तर त्यसलाई हेर्ने अर्को पाटो पनि छ। मानिसको जीवनमा सीप जति आवश्यक छ, किताबी ज्ञान पनि त्यत्तिकै आवश्यक हुन्छ। यी दुई एकअर्काका प्रतिस्पर्धी होइनन्, बरु पूरक हुन्।

फिल्मको अन्त्यतिर देखाइएको ह्रस्व–दीर्घको प्रसंगलाई फिल्मले निकै सामान्य रूपमा लिएको छ। हामीलाई ह्रस्व–दीर्घ पनि सही चाहिन्छ, अनि पढाइ प्रयोगात्मक र जीवनोपयोगी पनि चाहिन्छ।

फिल्मले रोल नं १ को अन्धो दौड, घोकन्ते शिक्षा र नम्बर केन्द्रित सोचमाथि प्रश्न उठाउँदा सही ठाउँमा प्रहार गरेको छ। तर कतिपय ठाउँमा भने “रोल नं १ ठूलो कुरा होइन” भन्ने सन्देश दिन खोज्दा सम्पूर्ण किताबी ज्ञानकै महत्त्वलाई कम गरिदिएको जस्तो महसुस हुन्छ।

समस्या नम्बरमा छैन, नम्बरलाई नै जीवनको अन्तिम सत्य ठान्ने सोचमा छ। समस्या पढाइमा छैन, पढाइलाई केवल घोक्ने प्रक्रियामा सीमित गरिदिने प्रणालीमा छ। समाधान भनेको बालबालिकालाई पढाइबाट टाढा लैजानु होइन, उनीहरूको रुचि, क्षमता र सम्भावनाअनुसार सिक्न सक्ने वातावरण बनाइदिनु हो।

किनकि यदि “विद्या काम लाग्दैन, सीप मात्रै ठूलो कुरा हो” भन्ने भाष्य स्थापित हुन थाल्यो भने त्यसले विद्यालयको ढोका बल्ल टेक्न थालेका बालबालिकालाई गलत सन्देश दिन सक्छ। समाजलाई राम्रो डाक्टर, इन्जिनियर, शिक्षक, वैज्ञानिक र अनुसन्धानकर्ता पनि चाहिन्छ, अनि राम्रो किसान, कारीगर, संगीतकार र प्राविधिक पनि।

त्यसैले बहस “विद्या कि सीप?” को होइन, “विद्या र सीपलाई कसरी सन्तुलित बनाउने?” भन्ने हुनुपर्छ।

त्यस्तै, फिल्मले राम्रो कथा त देखायो, तर पात्र रोज्न भने सकेन ।

फिल्मका पात्र किन ज्ञान बहादुर परियारको ठाउँमा ज्ञान प्रसाद सुवेदी भएन होला ? किन सञ्चार उपाध्यायले छोरालाई रोल नं १ बनाउन गरेको संघर्षको कथा सुनाइएन होला ।

लामो समयदेखि राज्यले पछाडि पारेको दलित समुदाय अझै पनि स्कूलको ढोका टेक्नुलाई नै ठूलो उपलब्धि मानिरहेको छ। यस्तो अवस्थामा “पढाइ होइन, सीपमा फोकस गर” भन्ने कुरा कहिलेकाहीँ गलत सन्देश जस्तो पनि लाग्न सक्छ।

न पढाइ खराब हो, न सीप। समस्या त सोच र सिस्टमको हो।

सबैलाई एउटै बाटो होइन, आफ्नै रुचि अनुसार अगाडि बढ्ने मौका चाहिन्छ। शिक्षा होस् या सीप— दुवैको value बराबर हुनुपर्छ, कुनै एकलाई डाउन गरेर अर्कोलाई माथि उठाउने होइन।

समग्रमा फिल्मले करिब २ दशकअघिको परिवेश उठाएर नेपाली समाजको शिक्षाप्रतिको सोच, प्रतिस्पर्धाको दबाब, र निजी विद्यालयले फैलाएको घोकन्ते शिक्षामाथि निकै चोटिलो कमेन्ट गरेको छ।

तर कथा जस समुदाय र समयलाई आधार बनाएर भनिएको छ, त्यो अहिलेको सामाजिक वास्तविकताभन्दा केही फरक भइसकेको देखिन्छ। अहिले शिक्षा, अवसर र सोचमा धेरै परिवर्तन आइसकेको छ। त्यसैले पुरानो समयको समस्या अहिलेको समयसँग सिधै जोडेर हेर्दा कतिपय कुरा अलि मिसम्याच जस्तो पनि लाग्न सक्छ।

अर्को समीक्षामा फेरि भेटौंला ! video मन परे like गर्नुस् अनि subscribe गरेपछि वेल आइकन बजाउन नविर्सनुहोला। हाम्रा कामहरुको फिडव्याक त पक्कै दिनुहुन्छ नै । हैन त ?


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology