कुराकानी । प्रतिक्षाको घडि सकियो । finally ‘काजी’ रिलिज भइसकेको छ । अनि honestly, यो फिल्मले audience लाई ramrari feel गराइरहेको छ ।
कतै हाँसो छ , कतै emotion छ, र कतै यस्तो scene छ, जसले फिल्म सकिएपछि पनि दिमाग छोड्दैन ।
तर समीक्षकको point of view मा ‘काजी’ कत्तिको worth it छ त ?
आजको भिडियोमा हामी गर्नेछौं full breakdown — story, acting, emotions र यसले दिने message का बारेमा ।
त्यसैले भिडियोलाई last सम्म हेर्नुहोला । किनकि बीचमै skip गर्नुभयो भने important कुरा miss हुन सक्छ ।
अनि KuraKani360 subscribe गर्नुभएको छैन भने, Please त्यो त गर्नैपर्छ । Like, comment र share गरेर support गर्न पनि नभुल्नुहोला ।
अब आउनुहोस्…
starting गरौं नेपाली फिल्म ‘काजी’को review, with Pushpa Thapaliya, यानेकी me.
Okay… सुरुमा कुरा गरौं ‘काजी’को story कस्तो छ त भन्नेबारे ।
Surface मा हेर्दा ‘काजी’ एकदमै महिला-प्रधान narrative को फिल्म जस्तो देखिन्छ । तर यसको उल्टो यो पुरुष प्रधान कथा हो । यसमा एक पुरुषको perspective बाट महिला प्रति देखाइएको माया, त्याग र बलिदानलाई मुख्य theme बनाइएको छ । कहिँकतै यो love story जस्तो लाग्छ भने, कहिँकतै sacrifice र loyalty को story जस्तो पनि ।
तर deep मा हेर्दा चाहिँ, फिल्मले relationship भित्रको responsibility, emotional burden र समाजले निर्धारण गरेका कुराहरुमा पुरुषप्रधान सोचलाई देखाउँछ ।
फिल्मले एउटा काल्पनिक story-world बनाएको छ । एउटा बस्ती, जहाँ काजीको खुशी नै सबैथोक जस्तो छ । टुहुरो भए पनि काजी एकदमै सरल, दयालु र साना कुरामा पनि खुशी हुने स्वभावको छ । नेपाली समाजले बनाएको छोरा मान्छेको image भन्दा विल्कुलै फरक ।
समयसँगै उसको जीवनमा कजिनीको entry हुन्छ । तर सम्बन्ध टिकाउन कजिनीले एउटा ‘white lie’ बोल्छिन्…
त्यो झुट के हो? सम्बन्ध टिक्छ कि बिग्रिन्छ? यही curiosity ले film लाई अगाडि बढाउँछ ।
फिल्मले यहि question मा suspense राखेर दर्शकलाई आफू सँगै फिल्मको last सम्म पुर्याउँछ। त्यसैले यो ‘एक मिनेटमा बुझिने कथा’ होइन, पूरा हेर्दा मात्रै feel हुने journey हो ।
हामीलाई धेरैले story revel गरिदिएको आरोप लगाउनुहुन्छ । अब यति थोरै समयमा साढे दुई घण्टाको कथा सबै भनिदिएको हुने भए, किन खर्च गर्ने त पैसा अनि समय ? यदि तपाई पनि यही सोच राख्नुहुन्छ भने, हामीलाई धन्यवाद दिनुस् । हामीले तपाईंको time पनि बचाइदियौं र पैसा पनि । अनि फिल्म हेरेपछिको तपाईको experience हामीसँग share गर्न भने नभुल्नुहोला है ।
फिल्मको core मा त काजी र कजिनीको love story नै छ । तर त्यससँगै यसले नेपालका बिस्तारै हराउँदै गएका culture र गाउँले जीवनलाई पनि revisit गराउँछ ।
कतिपय scene ले nostalgia hit गर्छन्, पुराना रितिरिवाज, बोलिचाली, relation dynamics सबैले एउटा world बिल्ड गर्छ ।
तर केही कुरा चाहिँ समयसँगै update गरेर देखाउन सकिन्थ्यो कि भन्ने feel पनि आउँछ । जस्तै, चन्द्रग्रहण पर्दा प्रयोग गरिने केही शब्दहरू । त्यस्ता संवादहरूले दलित समुदायलाई hurt गर्न सक्छन् भन्ने awareness आजको समयमा important छ । Culture देखाउनु राम्रो कुरा हो,तर कुन कुरा preserve गर्ने र कुन कुरा question गर्दै अगाडि बढ्ने भन्ने balance पनि जरुरी हुन्छ ।
किनकि केही कुरा, कसैका लागि nostalgia होइन, आघात भएर पनि बाँचेका हुन सक्छन् ।
फिल्मको strongest aspect चाहिँ यसको cinematography नै लाग्यो । Camera framing, lighting अनि character को mood capture गर्ने तरिका निकै beautiful छ । प्रकाश संयोजनले scene लाई सिर्फ राम्रो देखाएको मात्रै होइन, emotion पनि feel गराउँछ ।
अनि color प्यालेट ! रंग संयोजनले कथाको mood र emotion अझै सहज तरिकाले बुझ्न मद्दत गरेको छ । कतै warm feel, कतै gloomy vibe, scene अनुसारको visual tone ले फिल्मलाई लगातार engaging बनाइराख्छ ।
फिल्ममा ‘जुन’लाई निकै मेटाफोरिकल तरिकाले use गरिएको छ । काजी र कजिनीको प्रेम पनि जुन हेरेर सुरु हुन्छ । त्यो relationship सुरुमा उज्यालो, शान्त र pure feel हुन्छ । तर समयसँगै त्यो जुनमा कहिले ग्रहण लाग्छ, त कहिले कालो औंशीको रात आउँछ ।
Film ले सिधै dialogue भन्दा पनि moon, darkness जस्ता सिम्वोल मार्फत relationship को rise and fall देखाउन खोजेको छ ।
Acting को कुरा गर्दा चाहिँ, यो फिल्ममा केकी अधिकारीले genuinely surprise गराएकी छन् । अघिल्ला केही फिल्महरूमा उनको performance अलि ‘performed’ जस्तो feel हुन्थ्यो । कतै unnecessary loud, कतै dialogue दबाएर बोलेको जस्तो ।
तर ‘काजी’मा भने उनी साँच्चै कजिनी बनेकी छन् । कम dialogue, सानो gesture, आँखाको expression अनि silence ले नै character को emotion communicates गर्छ । Audience ले उनले नबोलेको कुरा पनि feel गर्न सक्छ । उनको acting यति natural र rooted लाग्छ कि अब future मा अरू कसैले कजिनीको role गर्दा compare हुनु almost sure छ, अब त्यो झल्को मेटाउनु नै अन्य कलाकारहरुका लागि challenge बन्ने वाला छ ।
अनि काजी बनेका विपिन कार्की । उनी versatile actor हुन् भन्नेमा doubt नै छैन । Character अनुसार आफूलाई transform गर्ने capability सधैं देखाइरहेका हुन् उनले । तर यो फिल्ममा चाहिँ कताकता काजीभन्दा कजिनीले नै बढी dominate गरेजस्तो feel हुन्छ । Emotionally र screen प्रिजेन्समा कजिनी भारी परेको जस्तो लाग्छ ।
तर positive कुरा के भने, ‘काजी’ भन्ने character सुन्नासाथ audience को दिमागमा आउने Dayahang Rai को image लाई बिपिनले केही हदसम्म challenge भने गरेका छन् ।
अर्कोतर्फ, काजीकी साली बनेकी Garima Sharma को acting मा पनि noticeable growth देखिन्छ ।
पहिलाभन्दा धेरै confident र natural लाग्छिन् । अब अझै धेरै interesting roles मा गरिमालाई देख्न पाइयोस् — शुभकामना !
फिल्मका अन्य कलाकारहरु सबैको acting निकै natural लाग्छ । कसैले पनि character force गरेको feel हुँदैन । सबै आफ्नो world मै बाँचिरहेका मान्छे जस्ता लाग्छन् ।
तपाईलाई चाहिँ सबैभन्दा गज्जब acting कसको लाग्यो? Comment मा drop गरिहाल्नु होला है ।
फिल्ममा अलि debate invite गर्ने कुरा चाहिँ यसको message side हो । फिल्मले पुरानो नेपाली समाजको सेटमा एउटा ‘भद्र, सज्जन, ideal पुरुष’ को कथा भन्न खोजेको छ । तर honestly, काजी जस्ता पुरुष त सायद त्यो समयमा पनि rare नै थिए, अहिले त झन् कल्पनामै भेटिने character जस्ता लाग्छन् ।
फिल्मले एउटा nostalgia create गर्छ, जहाँ पुराना गाउँघर, विवाह, रोपाइँ जात्रा, ग्रहण नुहाउने चलन, relation dynamics सबैलाई beautiful memory जस्तो देखाइन्छ । तर यहीँ एउटा interesting concern पनि आउँछ । कतै पछिल्लो generation ले ‘उ बेला सबै काजी यस्तै महान् पुरुष हुन्थे भन्ने narrative लाई सत्य मान्ने त होइनन्?
किनकि reality धेरै complex थियो । त्यो समाजमा माया थियो, संस्कार थियो । तर inequality, दबाब र विभेद पनि थिए । त्यसैले film ले देखाएको world एस्थेटिकल्ली beautiful भए पनि, त्यसलाई pure reality जस्तो consume गर्दा अलि romanticized history बन्न सक्ने डर चाहिँ हुन्छ ।
Overall मा हेर्दा, फिल्मले धेरै युवतीहरूको ‘dream prince’ लाई काजीको रूपमै प्रस्तुत गरेको feel हुन्छ ।
यस्तो पुरुष, जो अत्यन्त सहनशील होस्, माया गर्ने तरिकामा almost selfless होस्, अनि सम्बन्ध जोगाउन आफ्नै गल्ती नभए पनि दोष आफैंमा खोजोस् । यहाँसम्म कि युवतीले झुट बोलेपनि, ‘गल्ती मेरै हो, मैले नै यस्तो वातावरण बनाएँ’ भन्दै झन् धेरै माया गर्ने होस् ।
त्यसैले फिल्मले काजीलाई realistic भन्दा पनि idealized romantic figure जस्तो देखाएको छ । जसलाई audience ले प्रेम गर्न सजिलो छ, तर real life मा भेट्न निकै गाह्रो ।
अर्को समीक्षामा फेरि भेटौंला ! video मन परे like गर्नुस् अनि subscribe गरेपछि वेल आइकन बजाउन नविर्सनुहोला। हाम्रा कामहरुको फिडव्याक त पक्कै दिनुहुन्छ नै । हैन त ?