इन्जुरी समयमा गोल खाँदा नेपाल बंगलादेशसँग २–१ ले पराजित

इन्जुरी समयमा गोल खाँदा नेपाल बंगलादेशसँग २–१ ले पराजित

भर्खरै सम्पन्न खेलमा नेपाल बंगलादेश महिला राष्ट्रिय फुटबल टोली सँग २–१ गोलले स्तब्ध बनेको हो।

  • कुराकानी

  • बुधबार, जेष्ठ २०, २०८३

  • 1
    SHARES
इन्जुरी समयमा गोल खाँदा नेपाल बंगलादेशसँग २–१ ले पराजित

कुराकानी। साफ महिला च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलमा नेपाल महिला राष्ट्रिय फुटबल टोली पराजित भएको छ। भर्खरै सम्पन्न खेलमा नेपाल बंगलादेश महिला राष्ट्रिय फुटबल टोली सँग २–१ गोलले स्तब्ध बनेको हो। बराबरीतर्फ उन्मुख खेलमा नेपालले इन्जुरी समयमा निर्णायक गोल खान पुग्यो।

इन्जुरी समयको ९३औँ मिनेटमा सगोरिकाले गोल गर्दै बंगलादेशलाई तेस्रोपटक फाइनलमा पुर्‍याइन्। नेपाली डिफेन्डरहरूले बल क्लियर गर्न नसक्दा त्यसको फाइदा उनले उठाइन्।

यसअघि २२औँ मिनेटमा गीता रानाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलेकी थिइन्। दीपा शाहीको कर्नरमा आएको बललाई सदुपयोग गर्दै गीताले गोल गरेकी हुन्।

४६औँ  मिनेटमा ऋतु पोर्ना चक्माले कर्नरबाट सिधै गोल गर्दै बंगलादेशलाई बराबरीमा ल्याइन्। उक्त क्रममा नेपालकी गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले बल पञ्च गरे पनि पोस्टबाहिर पुर्‍याउन सकिनन्।

नेपालले समूह चरणमा भुटानलाई १–० र श्रीलंकालाई २–० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो।

जितसँगै फाइनलमा प्रवेश गरेको बंगलादेशले अब घरेलु टोली भारत र भुटानबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology