पढ्ने हैन त?

विवेक ओझाको ‘मौन कोलाहल’!

विवेक ओझाको ‘मौन कोलाहल’!

साहित्य पढ्नेहरूका लागि नयाँ खबर, मदन पुरस्कार विजेता लेखक विवेक ओझाको नयाँ कृति ‘मौन कोलाहल’ बजारमा सर्वत्र उपलब्ध छ ।

  • कुराकानी

  • आइतवार, साउन २४, २०८३

  • 5
    SHARES
विवेक ओझाको ‘मौन कोलाहल’!

कुराकानी । साहित्य पढ्नेहरूका लागि एउटा नयाँ खबर छ है!

मदन पुरस्कार जितिसकेका लेखक विवेक ओझा नयाँ कृतिसहित बजारमा आएका छन्।

यसपटक उपन्यास होइन, ‘मौन कोलाहल’ नामको कथा-संग्रह लिएर।

सांग्रीला बुक्सले प्रकाशन गरेको यो संग्रहमा नौ वटा कथाहरु समेटिएका छन्। नाम सुन्दा ‘मौन’ छ, तर कथाभित्र चाहिँ समाजले चुपचाप लुकाएर राखेका धेरै कुराहरुले हल्ला गरेर कोलाहल मच्चाइरहेका छन् ।

ओझाले यी कथामार्फत समाजभित्र देखिनेभन्दा बढी लुकेर बसेका कुरूप संवेदना, सामाजिक ढोंग, नैतिक द्वन्द्व र मानवीय अस्तित्वका अँध्यारा पाटालाई कलात्मक ढंगले केलाएका छन्। कथा पढ्दै जाँदा ‘यो त कतै हामी वरिपरिकै कुरा पो हो कि?’ भन्ने महसुस हुने खालको छ।

अझ रोचक कुरा, ओझाको लेखनमा कथा भनेको कथा मात्रै हुँदैन। त्यसमा दर्शन मिसिन्छ, प्रश्नहरू आउँछन् अनि पाठकलाई आफ्नै सोचतिर फर्काइदिन्छ। ‘मौन कोलाहल’ पनि मानवीय चेतनाको अँध्यारो कुनासम्म पुग्ने प्रयास गरेको कथा-संग्रह हो।

विवेक ओझा भनेका त्यही लेखक हुन्, जसले चर्चित उपन्यास ‘ऐँठन’का लागि २०७९ सालको मदन पुरस्कार पाएका थिए।

त्यसअघि ‘ऐलानी’ जस्ता कृतिमार्फत पनि उनले पाठकमाझ आफ्नो छुट्टै पहिचान बनाइसकेका छन्।

अब ‘ऐँठन’ र ‘ऐलानी’ पढेर ओझाको लेखन मन पराउने पाठकका लागि नयाँ खुराक ‘मौन कोलाहल’ पनि थपिएको छ ।

किताब बजारमा आइसकेको छ। अब बाँकी कुरा पाठकको हातमा छ । विभिन्न चाडवाड नजिकिँदै छ । विदा पनि टन्नै छ ।

यहि विदाको समय सदुपयोग गर्दै, गहकिला र दिमाग हल्लाउने कथाको खोजिमा हुनुहुन्छ भने ‘मौन कोलाहल’ गज्जवको रोजाई हुनसक्छ है ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology