कुराकानी। प्रयाश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। आइतबार काठमाडौँस्थित द सोल्टी होटलमा सम्पन्न ग्रान्ड फिनालेमा गुरुङलाई विजेता घोषणा गरिएको हो। उपाधिसँगै उनले आगामी अन्तर्राष्ट्रिय मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी छन्।

फिनालेमा विभिन्न चरण पार गर्दै आएका प्रतिस्पर्धीहरूले अन्तिम उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। अन्तिम चरणको सूक्ष्म मूल्यांकनपछि निर्णायक मण्डलले गुरुङलाई विजेता चयन गरेको हो।

यस प्रतियोगिताको ग्रान्ड फिनालेमा बलिउड अभिनेत्री तथा पूर्व मिस युनिभर्स इन्डिया सेलिना जेटली मुख्य निर्णायकका रूपमा सहभागी थिइन्। सेप्टेम्बर २७ मा सम्पन्न यस फिनालेसँगै मिस युनिभर्स नेपाल २०२६ को ताज गुरुङको नाममा आएको छ। अब उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराउनेछिन्।










कृष्पा श्रेष्ठ